२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सप्तकोसीमा ब्यबशायिक रूपमै चल्नेभो सुन्दरहरैचामा बनेकाे मिनि जेटबाेट

Author Uttari Morang
सोमबार, चैत्र १८, २०७५
सप्तकोसीमा ब्यबशायिक रूपमै चल्नेभो सुन्दरहरैचामा बनेकाे मिनि जेटबाेट

माेरङकाे सुन्दरहरैचामा बनेकाे नेपालकै पहिलाे मिनि जेटबाेटकाे शनिबार सप्तकाेशीमा सफल परिक्षण गरिएकाे छ ।

नेपाली इञ्जिनियरहरूकाे अथक प्रयास र कडा मेहनतले करीब ६ महिना लगाएर निर्माण सम्पन्न गरिएकाे ३० सिटे मिनि पानी जहाजकाे शनिबार बिहान सप्तकाेशीमा सफल परिक्षण भएकाे हाे ।

२ कराेडकाे लागतमा निर्माण सम्पन्न भएकाे उक्त मिनि पानीजहाजलाइ सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालिले नियमित रूपमा सञ्चालनमा ल्याउने भएकाे छ । सुन्दरहरैचाकाे जय लक्ष्मी फाइबर उद्याेग बलिया र GDS फाइबर वर्ल्ड बिराटनगरकाे सहकार्यमा सो बोट निर्माण गरिएकाे हाे ।

सगरमाथाको उचाइको नाममा माउन्ट ८८४८ मिटर नाम दिइएकाे उक्त जेट बाेट सञ्चालन भएसंगै अब नियमित काेशीमा ५ वटा जेटबाेट सञ्चालन हुने भएका छन ।

भारत लगायत अन्य छिमेकी मुलुकहरूबाट भित्रिएका अन्य बाेटहरू भन्दा परिक्षण गरिएकाे बाेट अरुभन्दा फरक क्षमताकाे रहेका सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले बताए ।