२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बेलबारी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, मालपोतका बेतिथिबारे गुनासै गुनासा

Author Uttari Morang
शुक्रबार, चैत्र २२, २०७५
बेलबारी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, मालपोतका बेतिथिबारे गुनासै गुनासा

उत्तम पोख्रेल /  बेलबारी नगरपालिकाले गरेको सार्वजनिक सुनवाईमा मुुुख्य रूपमा मालपोत कार्यालयको वेतिथिबारे प्रश्न उठेको छ ।

मालपोत कार्यालयमा कर्मचारीहरुले घुस विना कुनै काम नगरेको भन्दै सार्वजनिक सुनवाईमा सहभागीले प्रश्न उठाएका हुन । बेलबारीका सन्देश तामाङले मालपोतमा एउटा जग्गा पास गर्न एक हप्ता लगाएको समेत बताए ।

सार्वजनिक सुनुवाइमा नगरका केहि सडकमा धुलो उढेको भन्दै तिनिहरुको ब्यबस्थापन गर्न माग गरीएको छ । त्यसैगरी फोहोरको दिगो ब्यवस्थापन तथा लोहान्द्रा र चिस्याङ खोलाको तटबन्धन गर्न नगरपालिकाले चासो देखाउनु पर्ने स्थानियको भनाई रहेको छ ।

जनताले सकुम्वासी सम्स्याको समाधान गर्न समेत माग राखेका छन । सार्वजनिक सुनुवाइमा न्यायिक समिति सम्बन्धि प्रशिक्षण टोल विकास समिति मार्फत दिन समेत माग गरीएको छ ।

सार्वजनिक सुनवाईमा सडक, खानेपानी, विद्युुुत विस्तार, फोहोर ब्यबस्थापन, न्यायिक समति सुकुम्वासी समस्या, खोलाको तटबन्धन लगायतका बिषयमा पनि प्रश्न उठेका छन् ।

वेलवारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले मालपोतको वेतिथि देशब्यापी रहेको बताए । उनले जनचासोको रुपमा कुरा उठ्न थालेका भन्दै मालपोत प्रशासनसँग छलफल भईरहेको समेत बताए । सहभागीले उठाएको प्रश्नको  मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाका कुमारी पराजुली तथा प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले जवाफ दिएका थिए ।