२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

सिंहदेवी सामुदायिक वनको नयाँ समिति गठन, चुनावी प्रतिस्पर्धाबाट लालबहादुर बने अध्यक्ष

Author Uttari Morang
शनिबार, चैत्र २३, २०७५
सिंहदेवी सामुदायिक वनको नयाँ समिति गठन, चुनावी प्रतिस्पर्धाबाट लालबहादुर बने अध्यक्ष

मोरङ केराबारी ९ देवीझोडास्थित सिंहदेवी सामुदायिक वनले १५ औ साधारण सभा अन्तरगत चुनावी प्रतिस्पर्धाबाट लाल बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
केराबारी ९ स्थित बुद्ध माध्यमिक स्कुलको प्राङ्गणमा शनिबार भएको चुनावमा निवर्तमान अध्यक्ष भिम कार्कीलाई ६९ मत अन्तरले पराजित गर्दै लालबहादुर बिजयी भएका हुन् । कुल ३ सय ६४ मतदाता मध्ये ३ सय २० मत खसेकोमा सोही वनकै पुर्व अध्यक्ष समेत रहेका लालबहादुरले १ सय ८९ मत पाएका थिए भने भिमले १ सय २० मत प्राप्त गरेका थिए । निर्वचित कार्की स्थानीय चुनावमा कांग्रेसका उम्मेदवारसँग वडाध्यक्षमा ८ मतले पराजित भएका थिए । अध्यक्षका दुवैजना प्रतिस्पर्धी नेकपा समर्थक नै हुन् ।

त्यसैगरी उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष राधिका कार्कीलाई पराजित गर्दै उमेश गुरुङ बिजयी बनेका छन् ।  सचिवमा भने मनिसा सुवेदीलाई पराजित गर्दै निवर्तमान सचिव वालकुमारी बजगाइं नै बिजयी भएकी छिन् । त्यसैगरी सह सचिवमा अर्जुन सुवेदी बिजयी भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा पनि मेघराज गुरुङ बिजयी भएका छन् । निवर्तमान कोषाध्यक्ष अग्नि कार्कीलाई पराजित गर्दै उनी बिजयी भएका हुन् ।

सर्व सम्मत भए बाहेक दुई सदस्यका लागि भएको चुनावमा चारजना मध्ये निलकण्ठ थापा र रुद्र काफ्ले बिजयी भएका छन् ।

१३ सदस्यीय कार्यसमिति मध्ये ६ जना महिला सदस्यहरु यसअघि नै सर्वसम्मत भएका थिए । सर्वसम्मत निर्वाचित हुनेहरूमा अन्जना कट्टेल, सम्झना अधिकारी, मन्जु लामिछाने, रेखा बस्नेत, अनु मगर र दिपा बास्तोला छन् । त्यसैगरी निवर्तमान लेखा समितिका तिनैजना  यसअधि नै सर्वसम्मत निर्वाचित भइ सकेका छन् ।

नयाँ समितिको निर्वाचनका लागि वनको १५ औं साधारण सभाले यज्ञ प्रसाद सुवेदीको अध्यक्षतामा गठित ९ सदस्यीय  निर्वाचन समिति गठन गरेको थियो । कुल २ सय ५० हेक्टर क्षेत्रफल भएको सिंहदेवी सामुदायिक वनमा ३ सय ६२ घर उपभोक्ता छन् ।