२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

धनकुटाका गाउँ गाउँमा घुम्न थाले कांग्रेसी नेताहरु

Author Uttari Morang
आइतबार, चैत्र २४, २०७५
धनकुटाका गाउँ गाउँमा घुम्न थाले कांग्रेसी नेताहरु

धनकुटा / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस धनकुटाका नेताहरुले सांँगुरीगढी र चौविसका नेता तथा कार्यकर्ताहरुसंग राजारानी,भेडेटार र डांँडाबजारमा भेटघाट तथा छलफल गरेका छन्  ।
नेपाली कांग्रेस धनकुटाका नेताहरुले सांँगुरीगढीको भेडेटार, डांँडाबजार र चौविसे गाउंँपालिकाका  नेता तथा कार्यकर्ताहरुसंग छुट्टाछुट्टै भेटघाट गरेका हुन् ।

भेटघाट कार्यक्रममा प्रतिपक्षी दलले नगरपालिका तथा गाउंँपालिका र वडाहरुमा सशक्त भूमिका निर्वाह गर्दै शहर देखि गाउंँ गाउंँसम्म र सदनदेखि सडकसम्म प्रमुख प्रतिपक्षी दल भेटिन थालेको र सवैले थाहा पाउन थालेको सन्देश दिनको लागि अभियान संचालन गरिरहेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले बताए  ।

सांँगुरीगढीको भेडेटारमा सागुरीगढी वडा नं.६ भेडेटारका वडाध्यक्ष तथा नेपाली कांग्रेस भेडेटारका सभापति दिपक मगर लगायतका नेता तथा कार्यकर्ताहरुसंग र वडा नं. ५ डांँडाबजारमा वडाध्यक्ष तथा पार्टीका नेता पलक वस्नेत लगायतसंँग र चौविसे गाउपालिकाको राजारानीमा नेपाली कांग्रेस राजारानीका सभापति बिजु राई, निर्वाचित वडा सदस्य हर्कमाया राई लगायतका नेता तथा कार्यकर्ताहरुसंँग नेपाली कांग्रेस धनकुटाका जिल्ला नेताहरुले छलफल तथा भेटघाट गरी विकास निर्माण र प्रमुख प्रतिपक्षको भूमिका लगायतका विषयमा छलफल गरेका छन् ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति पूर्व सांसद मनोहर नारायण श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य कमोठ फागो, अम्विका परियार, क्षेत्रिय सभापति जितेन्द्र राई, क्षेत्रिय सचिव खड्ग लिम्बु, कोषाध्यक्ष निरुपा राई, तरुण नेता प्रेम राई, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष धिरज साङ्म्बो लामा, नेपाली कांग्रेस सागुरीगढी गाउंँपालिकाका नेता यम वहादुर मगर लगायतले त्यस क्षेत्रबा नेता तथा कार्यकर्ताहरुसंग छलफल गर्दै अब नेकपाको सरकारले गरेको जनविरोधी कार्यको जनस्तरबाटै भण्डाफोर गर्नुपर्ने बताएका थिए  ।