२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बिराटनगरमा संचालन हुँदै आएको त्रिविको परीक्षा काठमाडौंं सारियो, विद्यार्थीलाइ सास्ती

Author Uttari Morang
बुधबार, बैशाख ०४, २०७६
बिराटनगरमा संचालन हुँदै आएको त्रिविको परीक्षा काठमाडौंं सारियो, विद्यार्थीलाइ सास्ती

विगतमा डिग्री क्याम्पस विराटनगरमा संचालन हुँदै आएकाे प्राईभेट अन्तरगतकाे राजनीति शास्त्र  र महेन्द्र माेरङ क्याम्पस विराटनगरमा संचालन हुँदै आएकाे एम पि ए  काे परीक्षाकाे केन्द्र काठमाण्डाैमा सारिएपछि परीक्षार्थीहरु मर्कामा परेका छन् ।

देश संघियतामा गइसकेकाे अबस्थामा परीक्षा अझै बिकेन्दित हुनुपर्नेमा केन्द्रीकृत गरिएपछि विद्यार्थीहरु रुष्ट बनेका छन् ।  त्रिवि अन्तरगतकाे प्राज्ञिक परिषदमा रहेका व्यक्तिहरुकाे मनोमानीका कारण  साेचमा अझैसम्म पनि  पुरानै केन्द्रियतावादी धङधङी रहेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

मोरङमा प्राईभेट परीक्षाका लागि फम भरेर परीक्षाकाे तयारी गरिरहेका  विद्यार्थीहरु “प्राईभेट परीक्षाकाे केन्द्र काठमाण्डाैमा सारिएकाे छ, त्रिविकाे याे कस्ताे निर्णय हाे, जनताले सुविधा पाएनन् भनेर देशमा संघियता आएकाे हाे । तर यहाँ त सुविधा पाउनु भन्दा पनि भएकाे सुविधा पनि खाेसियाे ” भन्दै दुखित भएका छन् ।

परीक्षा दिने  विद्यार्थीहरुले स्नातकाेत्तर क्याम्पस विराटनगर र महेन्द्र माेरङ क्याम्पसले डिग्रीकाे परीक्षा संचालन गर्न नसक्नुको कारणबारे प्रश्न गर्दै  त्रिविकाे निर्णय सच्याउने पहल गरिदिन मिडियाकर्मी र सराेकारवाला निकायसँग आग्रह समेत गरेका छन् ।   विद्यार्थी सङ्गठनहरु समेत यसबारे मौन छन् ।  त्रिभुवन बिश्व विद्यालयले समेत परीक्षा काठमाडौंंमा सार्नुपर्ने कारणबारे केही बताएको छैन ।

साथै त्रिविकाे यस्ताे निर्णयकाे विरुद्धमा माैन बसेकाेमा विद्यार्थी संगठनप्रति पनि उनीहरु रुष्ट वनेका छन् ।