२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

बेलबारीमा दलित संग्रहालय निर्माण हुंँदै, प्रदेश नम्बर एककै नमूना बन्ने दाबी

Author Uttari Morang
बुधबार, बैशाख ०४, २०७६
बेलबारीमा दलित संग्रहालय निर्माण हुंँदै, प्रदेश नम्बर एककै नमूना बन्ने दाबी

उत्तम पोख्रेल /मोरङको बेलबारीमा दलित संग्रहालय बन्न थालेको छ ।

दलित समुदायका धर्म,सस्कार, संस्कृति संरक्षण गर्ने उदेश्यका साथ दलित संग्रहालय निर्माण थालिएको हो ।
नगरपालिकाको ७ लाख ५० हजार सहयोगमा निर्माण  थालिएको छ ।

पहिलो तलाको निर्माण कार्य अन्तिम चरणमा भएको संग्राहालय निर्माण समितिका अध्यक्ष हरि वहादुर बिश्वकर्माले बताए । उनले  दोस्रो र तेस्रो तलका लागि नगरपालिकासँग बजेट माग गरेको बताए  । आगामी बर्षभित्रमै संग्रहालय निर्माण गरिसक्ने उनले बताए ।

‘सभाहल सहितको सग्रालय निर्माण गर्ने लक्ष्यका साथ हामिले काम गरीरहेका छौंं’ निर्माण समितिका अध्यक्ष बिश्वकर्माले भने यो प्रदेश नम्बर एककै नमूना बन्छ ।

दलितहरुको सिप तथा भेषभुषा सम्मका सामाग्रीहरु दलित सग्रहालयमा राखिने निर्माण समितिका कोषाध्यक्ष राजन खराङे दर्नालले बताए । नौमति वाजा जुता सिलाउने मेसिन,कपडा सिलाउने मेसिन जस्ता सामाग्रि राखिने कोषाध्यक्ष दर्नालले बताए ।
यता बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उक्त सग्राहलयको भवन बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन ।  उनले नगरपालिकाले भवन बनाई छाड्ने समेत प्रतिबद्धता ब्यक्त गरे । उक्त सग्रालयका लागि नगरपालिकाले डिपिआर नै तयार गरेर निर्माणमा लागेकाले भवन निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने बताए । उनले बेलबारीमै आदिवासिको समेत संग्रहालय बनाईने बताए ।