२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बेलबारीका प्रमुख प्रशासकिय अधिकृत दाहाल सहित पाँच जनालाई एकैसाथ विदाई

Author Uttari Morang
शुक्रबार, बैशाख ०६, २०७६
बेलबारीका प्रमुख प्रशासकिय अधिकृत दाहाल सहित पाँच जनालाई एकैसाथ विदाई

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल सहित पाँच जना कर्मचारीलाई एक कार्यक्रमको आयोजना विदाई गरिएको छ । नगरपालिकाका प्रमुख १८ महिनाकाम गरेका प्रमुख दाहाल सहित अन्य ५ जनालाई विदाई गरिएको हो । दाहाल सुन्दरहरैचा नगरपालिकामा सरुवा भएका छन्  । त्यसैगरी रामचन्द्र गजुरेल, चन्द्रमणि लुईटेल, अमृत गिरि, कृष्ण न्यौपाने लगायतका कर्मचारीको विदाई गरिएको छ  ।

देश सघियतायमा गएसगै कर्मचारीको समायोजनपछि कर्मचारीहरुको सरुवा भएको हो । संघ, प्रदेश तथा स्थानिय तहमा समायोजनपछि कर्मचारीहरु आउने जाने क्रम वढिरहेको छ । बेलबारीमा लेटाङ नगरपालिकाबाट  प्रदिप शाह आउने भएका छन् ।

कर्मचारीकाहरुको विदाई गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले वेलवारीमा सिकेको सिप अन्यत्र प्रयोग गर्न समेत आग्रह गरे । यस्तै नगरपालिका उप प्रमुख ढाका कुमारी पराजुलीले पनि जहांँ भएपनि सिप आदान प्रदान गर्न जान लागेका कर्मचारीलाई आग्रह गरीन्।