२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बेलबारीमा शुरु भो टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिता, आठवटा टिम भिड्दै

Author Uttari Morang
मंगलबार, बैशाख १०, २०७६
बेलबारीमा शुरु भो टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिता, आठवटा टिम भिड्दै

मोरङको बेलबारी नगरपालिका ३ नम्बर वडा कार्यालयको आयोजनामा टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ ।

मंगलबारदेखि बेलबारी रंगशालामा शुरु भएको प्रतियोगितामा टोल बिकास संस्थाका ८ वटा टिम सहभागी छन् । शनिवारसम्म चल्ने प्रतियोगिताको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले उद्घाटन गरे ।

मंगलबार भएको उद्घाटन खेलमा सुन्दर टोल विकास संस्थाले खोरीया टोल विकास संस्थालाई १ –० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ । मंगलबार नै भएको दोस्रो खेलमा मालपोत टोल बिकास संस्था, विजुली अफिस टोल बिकास संस्था र शान्ति टोल विकास संस्थाको संयुक्त टिमले मिर्मिरे टोल बिकास संस्थालाई  १ – ० गोल अन्तरले जितेको छ ।

प्रतियोगिता अन्तरगत बुधबारको पहिलो खेल सहकारी र  भगवती टोल बिकास संस्थाको  टीम अनि  सिमपाने र भुमेडाँडा टोल बिकास संस्थाको टिमबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी दोश्रो खेलमा सम्झना, मैनाबारी र दोघडे टोल बिकास संस्थाको एक टोली र मिलीजुली र राधाकृष्ण टोल बिकास संस्थाको टोलीबिच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल भने शनिबार हुनेछ ।