२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

हराएको एक हप्तापछि तमोर नदीमा भेटियो केराबारीकी रोजिताको शब

Author Uttari Morang
शुक्रबार, बैशाख १३, २०७६
हराएको एक हप्तापछि तमोर नदीमा भेटियो केराबारीकी रोजिताको शब

एक हप्ता अघिदेखि वेपत्ता भएकी मोरङ  केराबारी-५ सतिसालेकी २५ वर्षिय रोजिता दाहालको शव तमोर नदिकाे किनारमा फेला परेको छ ।

मूलघाट भन्दा करिब १५ किमि तल सिम्ले भन्ने स्थानमा माझीहरूले बिहीबार रोजिताको शब फेला पारेकाे धनकुटास्थित मूलघाट प्रहरी चाैकीका हवल्दार कुमार कार्कीले बताए ।

दाहाल गत आईतबार विहानदेखि वेपत्ता भएकी थिइन् । बिहान धरान जान्छु भनी घरबाट निस्किएकी उनले  बेलुकापख श्रीमानलाई म्यासेज पठाएर आफु कहिल्यै नफर्किने गरी गएको बताएकी थिइन् । परिवारजनका अनुसार उनले म्यासेजमा आफ्नो मोबाइल र अन्य सामानहरु मुलघाटस्थित तमोर गड्तिरमा रहेको पनि उल्लेख गरेकी थिइन् ।

बेपत्ता महिलाले भने बमोजिम धनकुटाको मूलघाटमा रहेको पुल मुनि तमोर नदिको किनारमा उनको झोला, मोबाइल र पैसा समेत  भेटिएकाे थियाे । उनको शबलाई पोष्ट मार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।