२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

बेलबारीमा हुनेभो ‘सुर सप्तक बेलबारी आइडल’, सहभागी हुन आब्हान

Author Uttari Morang
शुक्रबार, बैशाख १३, २०७६
बेलबारीमा हुनेभो ‘सुर सप्तक बेलबारी आइडल’, सहभागी हुन आब्हान

मोरङको बेलबारीमा ‘सुर सप्तक बेलबारी आइडल’  हुने भएको छ । बेलबारी नगरपालिकाको सहयोगमा स्रष्टा समाज बेलबारीले सुर सप्तक बेलबारी आइडलको आयोजना गर्न लागेको हो ।

आइडलको उपाधि बिजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो उपबिजेताले नगद ७ हजार रुपैयाँ, तेस्रो उपबिजेताले नगद ५ हजार रुपैयाँ, अन्य फाइनल चरण र प्रशिक्षणमा सहभागी सबैलाई प्रशंसापत्र प्रदान गरिने आयोजक स्रस्टा समाजले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कार्यक्रममा बेलबारी नगरका ११ वटै वडाबाट छनौट कार्यक्रम गरी छनौट हुने दुई दर्जन प्रतिभाहरुलाई थप १ महिनाको बन्द प्रशिक्षण दिइने र त्यस पश्चात उत्कृष्ट १० छनौट गरी सार्वजनिक कार्यक्रम मार्फत प्रतिस्पर्धा गराई सुर सप्तक बेलबारी आइडल छनौट गरिने स्रस्टा समाजका सचिव तथा आइडल कार्यक्रम संयोजक जे.वि. थुलुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

फाइनल कार्यक्रममा सहभागीले बेलबारीकै अग्रजहरुका गीत सहित अरु गित गाएर प्रतिस्पर्धा गर्नेछन ।
निर्णयको निश्पक्षतामा र कार्यक्रमको भब्यतामा पुरापुर ध्यान पु¥याइने स्रस्टा समाजका अध्यक्ष हर्कमान तामाङले बताए ।

बैशाख १८ र २१ गते छनौट कार्यक्रम गरी टप टेन छनौट गरिने छ । छनौट भएकाहरुलाइ एक महिनासम्म तालिम समेत दिइनेछ । असार दोस्रो हप्ताभित्र आइडलको फाइनल गरी बिजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ । – अनिल बरालबाट