२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

बेलबारी साहित्य विकास समितिद्वारा आयोजित बाल साहित्य गाेष्ठी सम्पन्न

Author Uttari Morang
शुक्रबार, बैशाख २०, २०७६
बेलबारी साहित्य विकास समितिद्वारा आयोजित बाल साहित्य गाेष्ठी सम्पन्न

बेलबारी साहित्य विकास समितिको आयाेजनामा बाल साहित्य गाेष्ठी सम्पन्न भएकाे छ।

बेलबारी नगरपालिका १ का वडाध्यक्ष चक्र बहादुर खुलालको प्रमुख आतिथ्यता र अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा  ईरान राई, सञ्जीव धिमाल, टेकराज मगर, लिलामाया सुवेदी, हिरा खड्का, दिनेश दाहाल, बादलदेवी चाम्लिङ राई लगायतको उपस्थिति  थियाे ।

सह काेषाध्यक्ष लक्ष्मी सुवेदीले कार्यक्रमकाे समीक्षा गरेको कार्यक्रममा उपाध्यक्ष रमेश निराैलाले स्वागत मन्तव्य मार्फत कार्यक्रमबारे प्रकाश पारेका थिए । त्यस्तै  सचिव धनजीत पराजुलीले कार्यक्रम  सञ्चालन गरेका थिए ।
नगरस्तरीय कार्यक्रममा सगरमाथा ईङ्लिस स्कुल, भगवती मावि, भानु इङलिस स्कुल शैक्षिक गूठी,

यलम्बर इङ्लिस सेकेण्डरी स्कुल, गाेदावरी विद्या मन्दिर, लक्ष्मी मावि, भानुभक्त इङलिस स्कुल, विरेन्द्र मावि, कवीर मावि आदि स्कुुलका विद्यार्थीहरुको सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा हिरा खड्का , शिव छाङ्छा आदिले कविता वाचन गरेका थिए । कार्यक्रममा सहभागी स्कुल र विद्यार्थीहरूलाई प्रशंसापत्र सहित उपहार प्रदान गरिएकाे छ ।