२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

पुर्वका चलचित्रकर्मीहरु संगठित, प्रदेशस्तरीय चलचित्रकर्मी महासंघ गठन

Author Uttari Morang
आइतबार, बैशाख २२, २०७६
पुर्वका चलचित्रकर्मीहरु संगठित, प्रदेशस्तरीय चलचित्रकर्मी महासंघ गठन

प्रदेश १ का चलचित्रकर्मीहरुको भेलाले अरुण प्रधानको अध्यक्षतामा १३ जना सदस्यीय प्रदेश १ स्तरीय चलचित्रकर्मी महासंघ गठन गरेको छ ।

प्रदेश १ मा रहेका चलचित्र निर्माता, निर्देशक, कलाकार, प्राविधिक, गीत तथा संगीतकर्मी, चलचित्र लेखकहरुको हक हित तथा अधिकारको संरक्षण गर्दै एउटै छातामुनी एकबद्ध बनाउने उदेश्यले चलचित्रकर्मी महासंघ प्रदेश नं. १ गठन भएको हो ।

महासंघमा महासंघमा अध्यक्ष अरुण प्रधान, वरिष्ठ उपाध्यक्ष पर्शुराम चौधरी, उपाध्यक्ष लाखमान योञ्जन, महासचिव दिनेश कोइराला इ कोषाध्यक्ष सागर सिंगल रहेका छन् । यस्तै सदस्यहरुमा सन्तोष सरकार, कृष्ण प्रसाद नेपाल, तिर्थ याक्सा, मनिता तामाङ, तुलसी घिमिरे, माधब केसी, सुजित शाह, जोग माया लुम्बा चयन भएका छन्  ।

महासंघको सल्लाहकारमा भने असोक चेम्जुम्ङ, दवा खवास, केशव रायमाझी, सौगात रिजाल, प्रेम सुब्वा, शत्रुधन अन्सारी र किशोर सम्बाहाम्फे रहेका छन् । महासंघले १ बर्षभित्र आफ्नो बिधान तयार गर्ने लगायतका चलचित्र सम्बन्धी विविध क्रियाकलापहरु गरिने अध्यक्ष अरुण प्रधानले जानकारी गराए ।