२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

छुवाछुत विरुद्ध पैदल यात्रामा निस्केका अभियन्ताहरुलाई बेलबारीमा स्वागत

Author Uttari Morang
सोमबार, बैशाख २३, २०७६
छुवाछुत विरुद्ध पैदल यात्रामा निस्केका अभियन्ताहरुलाई बेलबारीमा स्वागत

उत्तम पोख्रेल /जातीय छुवाछुत तथा भेदभावविरुद्ध जनचेतना जगाउन हिंडेको पैदल यात्रीको टोलीलाई मोरङको बेलबारीमा स्वागत तथा सम्मान गरिएको छ ।

दोधारा चाँदनीबाट थालिएको ‘नेपाल पदयात्रा– २०१९’ का पदयात्री टोलीलाई बेलबारी नगरपालिकाले स्वागत  गरेको हो ।
अभियन्ताहरु अशोक दर्नाल, होमराज आचार्य र रिता परियारलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी ,उपमेयर ढाका कुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार साह, प्रबक्ता योगेन्द्र सुवेदी लगायतले सम्मान गरेका थिए ।
स्वागत गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले यो अभियानले देशलाई सम्बृद्ध बनाउन सहयोग पुग्ने बताए । जनचेतनाको अभावमा अहिलेसम्म पनि कतै कतै जातिय छुवाछुतका घट्ना भएको सुन्न पाईन्छ उनले भने ‘नगरपालिकाले भने जनचेतना तथा आर्थीक बृद्धिका कार्यक्रम जनस्तरसम्म पुर्याइएको छ ।’
चैत्र ३ गतेदेखि यात्रा सुरु गरेर अहिलेसम्म ९५ वटा स्थानिय तहमा पुगिसकेको अभियन्ता अशोक दर्नालले बताए । उनले ५१ दिनमा बेलबारी आईपुग्दा कतै पनि गाडि नचढेको समेत बताए ।
टोलीले स्थानिय तहका जनप्रतिनिधि , विभिन्न संघ सस्थाका अगुवाहरुलाई भेटने गरेको अशोकले बताए । उनले भने अहिले ६८ हजार भन्दा बढि नागरिकहरुसँग दलित समुदायमाथिको विभेद, उत्पीडन गर्ने विषयमा संवाद गरेको दावि गरेका छन् ।
गैर दलित समुदायका होमराज आचार्यले दलित मुक्तिका लागि पैदल यात्रामा निस्कीएको बताएका छन । वहुभाषिक बहु जातिय वसोवास रहेको देशमा अहिले सम्म छुवाछुतको अन्त्य भएको छैन, उनले भने सवैलाई सकारात्मक सन्देश फैलाउनका लागि पैदल यात्रमा निस्केको हु । हामी कम्पीयूटरको युग भन्छौ, २१ औ शताब्दीमा आईपुग्दासम्म छुवा छुतको अन्त्य भएको छैन । ‘हामीले पुजा गर्ने मन्दिर तथा देवि देवताको मुर्ती बनाउने दलितनै मन्दिरमा छिर्न पाउदैनन् उनले भने यो चाहि दुखको कुरा हो ।’

यो अभियान झापाको काँकडभिट्टा पुगेर समापन हुने पैदल यात्रीहरुले बताएका छन । बेलबारी दलित समन्वय समिति बेलबारीले अभियानलाई सहयोग गरेको छ ।