२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा आदिवासी जनजातिकाे तीनदिने सांस्कृतिक तथा खाध्य प्रदर्शनी

Author Uttari Morang
मंगलबार, बैशाख २४, २०७६
बेलबारीमा आदिवासी जनजातिकाे तीनदिने सांस्कृतिक तथा खाध्य प्रदर्शनी

बेलबारी, माेरङ/ आदिवासी जनजातिकाे माैलिक संस्कृतिकाे जगेर्ना तथा प्रवर्धनकाे उद्देश्यले बेलबारीमा तीनदिने सांस्कृतिक तथा खाध्य प्रदर्शनीकाे सुरु गरिएकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे बाैद्ध तमु गुम्बामा अाजबाट सुरु भएकाे सांस्कृतिक तथा खाध्य पदर्शनीकाे अायाेजना भने नेपाल अादिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद बेलबारीले गरेकाे छ ।

तीनदिनसम्म चन्ले प्रदर्शनीकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।

उद्घाटन पश्चात् कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि एवम् बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले विगतका तिता मिठा कुरालाई भुल्दै अब नयाँ सिराबाट साेच्नुु पर्ने वताए ।

प्रमुख अतिथि सुवेदी नगरभित्र रहेका जातजातीकाे विकासमा नगरपालिका लागि पर्ने पनि वताए ।

अादिवासी जनजाति महासङ्घका केन्द्रीय महासङ्घ नितानन्द ताजपुरियाले राज्यले अादिवासी जनजातिलाई उपेक्षा गरेकाे वताए ।

प्रदर्षनी अादिवासी जनजातिहरुका संस्कृतिजन्य सामग्री र खानपानहरु प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनी नगरभरिका १६ वटा जनजातिहरुका विधिन्न स्टलहरु प्रदर्शनीमा राखिएका थिए ।