२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बेलबारी मेयरकप २०७६ हुँदै, बिजेताले एक लाख पाउने

Author Uttari Morang
शनिबार, बैशाख २८, २०७६
बेलबारी मेयरकप २०७६ हुँदै, बिजेताले एक लाख पाउने

बेलबारी, माेरङ/ खेलकुदलाई स्थानीय स्तरमा प्रवर्धन गर्ने उद्देश्यका साथ बेलबारीमा “बेलबारी मेयर कप फुटवल प्रतियाेगिता २०७६” काे संचालन हुने भएकाे छ ।

बेलबारीमा  पत्रकार सम्मेलन गरेर अायाेजक समिति साे जानकारी गराएकाे हाे । बैशाख ३० गतेबाट सुुरु हुने साे प्रतियाेगितामा नगरभरिका विभिन्न ११ वटा टिमकाे सहभागिता रहने बेलबारी मेयर कप २०७६ अायाेजक समितिका सचिव धनराज राई “मिलन”ले वताए ।

“जुट्छ, खेल्छ अनि अघि बढ्छ बेलबारी” नारा लिएकाे प्रतियाेगि दुई चरणकाे रहने, पहिलाे चरणमा बेलबारी नगरभरिका ११ वडाहरु विचकाे प्रतियाेगिता र दाेश्राे चरणमा माेरङका १७ वटै पालिका सहभागिता रहने गरिकाे प्रतियाेगिता संचालन हुने अायाेजकले जनाएकाे छ ।

प्रतियाेगिताका विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार पदक पाउने छन् । साथै प्रत्येक खेलकाे म्यान अफ द म्याचले रु १ हजार ५ सय पाउने छन् ।

प्रतियाेगिताकाे उद्घाटन बैशाख ३० गते दिउसाे २:३० बजे हुने र उद्घाटन बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले गर्ने कार्यक्रम रहेकाे अायाेजकले जनाएकाे छ ।

प्रतियाेगितालाई व्यवस्थित वनाउन हेमकुमार गुरुङकाे अध्यक्षतामा ११ सदश्यीय मेयर कप अायाेजक समितिकाे निर्माण गरिएकाे छ ।