२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बेलबारीमा पहिलोपटक आयोजित आदिबासी जनजातिको फुड फेष्टिवल सम्पन्न

Author Uttari Morang
बिहिबार, बैशाख २६, २०७६
बेलबारीमा पहिलोपटक आयोजित आदिबासी जनजातिको फुड फेष्टिवल सम्पन्न

शास्त्र हराए संस्कृति हराउँछ , संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए जाति हराउँछ भन्ने मुख्य नाराका साथ आदिवासी जनजाति महासंंघ बेलबारीले आयोजना गरेको तीनदिने फुड फेष्टिवल बेलबारीमा सम्पन्न भएको छ ।

फेष्टिवलमा बेलबारीमा रहेका धिमाल, राई, लिम्बू, गुरुङ, मगर, थारु, चौधरी, मुडयरी, तामाङ, याखा,सुनुवार, भुजेल, मगर लगायत १६ जातिहरूले कार्यक्रममा मौलिक नृत्य  लिक संस्कृति झल्कने भेषभुषा, सामाग्री सहित खानाका परिकार प्रदर्शन गरिएको थियोे ।

आदिवासी जनजातिहरूको मौलिक खानाका परिकारको संरक्षण संवर्द्धन गर्दै उनीहरूलाई व्यवसायीकरणका लागि उत्प्रेरित गर्न कार्यक्रमको आयोजना गरिएको जनजाति महासंंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राईले बताए ।

सङ्घका अध्यक्ष तिलक प्रसाद राईको अध्यक्षतामा सम्पन्न भएको उक्त समापन कार्यक्रममा दर्शकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

त्यसै गरी कार्यक्रम अवधि भर सात हजार भन्दा बढी आन्तरिक पर्यटकरुले मेलाको अवलोकन गरेको सङ्घका सचिव मान कुमार गुरुङले जानकारी दिए ।
कार्यक्रमको दोस्रो दिन हाँस्य कलाकार फुलन्देको आमाको साथमा विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत भएको थियो ।