२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

विराटचाेकमा हस्तकलाको तालिम सम्पन्न, डेढ दर्जनभन्दा बढी महिलाले सिके सीप

Author Uttari Morang
मंगलबार, बैशाख ३१, २०७६
विराटचाेकमा हस्तकलाको तालिम सम्पन्न, डेढ दर्जनभन्दा बढी महिलाले सिके सीप

विराटचाेक, माेरङ/ ग्रामीण महिलाकाे अार्थिक स्तरलाई माथि उठाउने उद्देश्यकासाथ सुन्दरहरैंचामा विगत ४५ दिनदेखि जारी बाँसका हस्तकला सम्वन्धी तालिमकाे सोमबार एक कार्यक्रमविच समापन गरिएकाे छ ।

आयआर्जनमार्फत महिलालाई स्वालम्बन गरनउने उद्देश्यले तालिमकाे अायाेजना महिला उपभाेक्ता समितिकी अध्यक्ष देवि पाैडेलले जानकारी दिईन ।

सुन्दरहरैचा नगरपालिका वार्ड नं ९ विराटचाेकमा चैत्र १८ गतेबाट सुरु भएकाे तालिमकाे नगरप्रमुख शिवप्रसाद ढकालले एक कार्यक्रमबिच समापन गरेका थिए ।

तालिममा सुन्दरहरैंचा वार्ड नं ९ का १८ जना महिलाहरुकाे सहभागिता रहेकाे थियाे । तालिममा उत्कृष्ठ सीप प्रस्तुत गर्ने विभिन्न ३ जना महिलालाई नगरप्रमुुख ढकालले सम्मान गरेेका थिए ।

समापन कार्यक्रममा सहभागीहरुले तयार पारेका हस्तकलाका सामग्रीहरुकाे प्रदर्षनी समेत गरिएकाे थियाे ।साथै समापनकाे अवसरमा अाएका पाहुनालाई आफैले तयार पारेका हस्तकलाका सामग्री उपहारकाे रुपमा दिन पाउँदा सहभागीहरु मख्ख देखिन्थे ।

साे तालिममा गुराँस हस्तकलाका रीता दाहाल र सुरेश दाहालले तालिमकाे सहजीकरण गरेका थिए । – केशु विरही