२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

प्रथम महाधिबेशन गर्दै राष्ट्रिय आदिबासी जनजाति महासंघ, ४४ जातिलाई उपेक्षा गरिएको आरोप

Author Uttari Morang
बुधबार, जेठ ०१, २०७६
प्रथम महाधिबेशन गर्दै राष्ट्रिय आदिबासी जनजाति महासंघ, ४४ जातिलाई उपेक्षा गरिएको आरोप

आदिबासी जनजातिको सुचिमा नपारिएका तथा बिभेद र बहिष्करणमा पारिएका ४४ सुचीउन्मुख आदिबासी जनजातिहरुको संगठन राष्ट्रिय आदिबासी जनजाति महासंघको प्रथम ऐतियहासिक महाधिबेशन बिराटनगरमा आयोजना हुने भएको छ ।
महासंघको अधिबेशन यहि जेठ ४ गते शनिबार बिरेन्द्र सभागृहमा आयोजना हुन लागेको हो । अधिबेशनको संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उदघाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा प्रदेश १ का सामाजिक बिकास मन्त्री जिवन घिमिरे लगायतको समेत उपस्थिति रहने छ ।
बिभेद न्युनीकरण,समतामुलक सहभागिता,समानता,शुसासन र लोकतन्त्रको प्रर्बद्धन गर्न र समृद्ध र सुखी नेपालीको नारालाई साकार पार्न र बिभेद र बहिष्करणमा पारिएकाहरुको आवाज बुलन्द गर्न कार्यक्रम आयोजना गरिएको महासंघका केन्द्रिय अध्यक्ष चन्द्रसिंह कुलुङले जानकारी दिए ।
हिमाल,पहाड र तराईका ४४ वटा जनजातिहरु आदिबासी र जनजाति महासंघमा सुचिकृत हुन नसकेको र आफुहरु बहिष्करणमा परेको भन्दै छुटेका जातिहरुलाई आदिबासी जनजाति महासंघमा आबद्ध गर्नुपर्ने कुलुङ महिला उत्थान संघकी केन्द्रिय अध्यक्ष कञ्चन कुलुङले माग गरिन । संघिय मामिला,तथा सामान्य प्रशासन मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय,राष्ट्रिय मानब अधिकार आयोग लगायतले समेत आबिासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ बमोजिम सुचिमा सुचिकृत र सुचिकृत हुन बाँकी आबिासी जनजातिहरुको बिषयमा पुनराबलोकन गरी छुट भएकाहलाई सुचिकृत गर्न गराउन निर्देशन भएपनि सुचिकृत नभएको भन्दै कुलुङले गुनासो गरिन ।
आफुहरु आदिबासी जनजातिका रुपमा सुचिकृत नहुँदा सेवा सुबिधाबाट बञ्चित भएको र आफुहरु आदिबासी जनजाति नै भएपनि अन्य जाति सरहको ब्यबहार सहनुपरेको भन्दै छुटेका जातिहरुलाई समाबेश गर्न जोडदार माग समेत गरेकी छिन ।