२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

केराबारी गाउँपालिकाद्वारा पाटीगाउँका बिपन्न दलित नौ परिवारलाई जस्तापाता बितरण

Author Uttari Morang
बुधबार, जेठ ०८, २०७६
केराबारी गाउँपालिकाद्वारा पाटीगाउँका बिपन्न दलित नौ परिवारलाई जस्तापाता बितरण

आर्थिक अवस्था कमजोर भई बर्षौदेखि फुसको छाना भएको घरमा बस्दै आएका केराबारी १ पाटीगाउँका ९ बिपन्न दलित परिवारलाई मोरङको केराबारी गाउपालिकाले रंगिन जस्ता पाता वितरण गरेको छ ।

गाँसबास कपासको जोहो गर्न  धौधौ पर्ने गरीब तथा विपन्न परिवारको फुसको छाना हटाउने अभियान अन्र्तगत केराबारी गाउँपालिकाले पाटीगाउँका ९ घर परिवारलाई सोमबार जस्ता पाता वितरण गरेको हो ।

उनीहरूलाई  प्रतिघर ३ बण्डलका दरले जस्तापाता बितरण गरिएको छ । जस्तापाता पाउनेमा चन्द्रवहादुर दर्जी , मानवहादुर परियार, देवेन्द्र परियार, रामलाल विक, दिलमाया विक, हस्तवहादुर विक, तिलमाया विक, उपेन्द्र विक र शुजनध्वज लिम्बु छन् ।

गाउंँपालिकाका अध्यक्ष रोहित वहादुर कार्की, उपाध्यक्ष शान्ति कुमारी भूजेल, दलित हकहित समन्वय समितिका अध्यक्ष चुरानसिंह विक सहित राजनीतिक दलका प्रतिनीधि वडाध्यक्ष सहितको टोलीले पाटीगाउँमा पुगेर जस्तापाता बितरण गरेका थिए ।

वडा नम्बर ३,९र १० बाहेक अन्य वडामा रहेका विपन्न दलित परिवारलाई गाउपालिकाले जस्ता पाता वितरण गरेपछि स्थानीय दलित समुदाय खुशी भएका छन् । गाउपालिको यो वर्ष १० लाख रुपैयांँ रकम जस्ता पाता वितरण गर्न रकम छुट्याएको मध्ये हाल सम्म वडा नं. ९ को बेलचौरी मा ३३ घरपरिवारमा २ लाख बराबरको जस्ता पाता बितरण गरेको छ । बाँकी वडामा भने चाडै विपन्न परिवारको पहिचान गरी बितरण गरिने कार्यक्रम रहेको दलित हकहित समन्वय समितिका अध्यक्ष चुरानसिंह बिकले बताए ।