२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

दाम्लोले बाँधेर राखिएका मानसिक रोगीको उपचार गराउँदै बेलबारी नगरपालिका

Author Uttari Morang
शुक्रबार, जेठ १०, २०७६
दाम्लोले बाँधेर राखिएका मानसिक रोगीको उपचार गराउँदै बेलबारी नगरपालिका

बिगत १८ बर्षदेखि मानसिक रोगका कारण थला परेका बेलबारी ९ का पुर्ण वहादुर भन्डारीकोे उपचार हुन थालेको छ ।

धेरै बर्षदेखि दाम्लोका भरमा समेत रहेका भन्डारीको उपचारका लागि बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीको पहलमा उपचार हुन थालेको हो  ।

लामो समयदेखि उपचारमा नपाई घरमा बसेको थाहा पाएपछि वडा नम्बर ९ का वडाध्यक्ष नगेन्द्र खड्काले मेयर सुवेदीलाई जानकारी गराएका थिए । खबर पाउन साथ मेयर सुवेदीले नगरपालिकमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीलाई घरमै पठाएका थिए ।

धामी झाक्री मात्रै लगाएर बसेका थियौंं, पुर्ण वहादुरकी दिदी सिताले भनिन् जंगली लागेको भन्दै धामीले २ सय भन्दा वढी कुखुरा पनि खाइसके ।

डाक्टर लगाउंँदा ठिक हुदैन भनेर उपचार नगरी धामी झाक्रीको भरमा परेको उनले बताईन् । बुधवार देखिनै उनको उपचार थालिएको बेलबारी नगरपालिका स्वास्थय शाखाका प्रमुख सन्तोष बिश्वकर्माले बताए ।