२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

गत बर्षको उपविजेताले बेलबारी ८ ले चुम्यो दोस्रो बेलबारी मेयर कपको उपाधि

Author Uttari Morang
शुक्रबार, जेठ १०, २०७६
गत बर्षको उपविजेताले बेलबारी ८ ले चुम्यो दोस्रो बेलबारी मेयर कपको उपाधि

उत्तम पोख्रेल । मोरङको बेलबारीको दोस्रो मेयर कपको उपाधि गत बर्षको उप विजेताले जितेको छ ।

पहिलो मेयर कपमा उप विजेतामा चित्त बुझाएको वडा नम्बर ८ ले दोस्रोमा भने उपाधि जितेको हो । पहिलो मेयकपमा उपाधि चुमेको १ नम्बरलाई ट्राईबेकरमा हराउदै आठ नम्बर विजेता बनेको हो ।

बिहिबार भएको फाइनल खेलमा दुवै वडाको खेलाडिले निर्धारित समय सम्म बरावरी गोल गरेपछि ट्राईवेकरमा वडा नम्बर ८ले गतबर्षको बिजेतालाई पछि पार्दै उपाधि चुमेको हो । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ बेलबारी’ भन्ने नारा दिएर बैश ३१ गते देखी सुरु भएको मेयर कपमा उदयमान खेलाडिका रुपमा शेखर लिम्बु,वढि गोल गर्नेमाजाने मगर,उत्कृष्ट गोल किपर सुविन मगर उत्कृष्ट डिफ्रेन्ससुरेन्द्र खवास,उत्कृष्ट मडि फिल्डर,विबेक पौडेल,उत्कृष्ट स्टाइकर आमोश मगर,उत्कृष्ट प्रशिक्षक सन्देश मगर,र उत्कृष्ट खेलाडिमा अरुण मगर घोषित भएका छन ।

बिजेता तथा उपबिजेताहरुलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी र उप मेयर ढाका कुमारी पराजुलिले विजेता उपविजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।