२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

चर्कियो देवीझोडास्थित बुद्ध माविको प्रधानाध्यापक बिवाद, सुवेदीद्वारा प्रअबाट राजीनामा

Author Uttari Morang
शनिबार, जेठ ११, २०७६
चर्कियो देवीझोडास्थित बुद्ध माविको प्रधानाध्यापक बिवाद, सुवेदीद्वारा प्रअबाट राजीनामा

मोरङको केराबारी ९ देवीझोडास्थित बुद्ध माबिको प्रधानाध्यापक बिवाद चर्कदै गएको छ ।

प्रावि दरबन्दीका शिक्षक खगेन्द्र सुवेदीलाई शिक्षा ऐन बिपरित मापदण्ड मिचेर प्रधानाध्यापक बनाइएको भन्दै स्थानीय केही युवाले सामाजिक संजाल फेसबुक मार्फत बिरोध गरेपछि शुरु भएको बिवाद बढ्दै गएको हो ।

केही महिनाअघि विद्यालय ब्यबस्थापन समितिले साबिक प्रधानाध्यापक सरुवा भैई अन्यत्र गएपछि सुवेदीलाई प्रधानाध्यापक बनाउने निर्णय गरेको थियोे । श्रोतका अनुसार मावि दरबन्दीका शिक्षक छवि धमलालाई  हालसम्म निमित्त प्रधानाध्यापकको जिम्मेवारी समेत दिने गरिएको  छैन ।

तल्लो तहका शिक्षकलाई माविको प्रधानाध्यापक  बनाउन गाउँमा हुने सबैथरी मान्छे दोषी छन् भने झैँ गरी एक दुई जनाले फेसबुकमा स्टाटस पोष्ट गरेको कतिपय स्थानीयले आरोप लगाएका छन्  ।

 सुवेदीले भने फेसबुक मार्फत नै स्टाटस र पुर्बाग्रहमा आधारित भएर बदनाम गर्न खोजिएको बताएका छन् । उनले यो विषयलाई नियम कानुनले नै  टुंगो लगाउने बताएपनि उनले नैतिकताका आधारमा प्रधानाध्यापक पदबाट शुक्रबार (जेठ १० गते) राजीनामा दिएका छन् । तर राजीनामाबारे ब्यबस्थापन समितिले छिनोफानो गरिसकेको छैन ।