२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

न्याय सम्पादनमा मोरङकै उत्कृष्ट वन्यो बेलबारी नगरपालिका

Author Uttari Morang
शनिबार, जेठ ११, २०७६
न्याय सम्पादनमा मोरङकै उत्कृष्ट वन्यो बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले जिल्लामै सबैभन्दा बढी बिबादहरु मेलमिलापको माध्यमबाट निरुपण गरेको न्यायधिस सहित आएको अनुगमन टोलीले जनाएको छ ।

जिल्ला अदालतबाट आएको न्यायाधिस सहितको टोलीले अनुगमन् गरेको थियो । शुक्रवार अनुगमनमा आएको जिल्ला न्यायाधिस नवराज दाहाल नेतृत्वको टोलीले स्फटवोयेर मार्फत जिल्लामै पहिलो पटक बेलबारीले मुद्धा हेर्ने गरेको बताएका छन् । तालिका नै बनाएर काम गरेको भेट्यौ, न्यायधिश नवराज दाहालले भने यति ब्यबस्थित अन्यत्र भएको देखिदैन ।

अदालतकै जस्तो पेशी सहित मुद्धाहरु हेरेको देख्दा म आफै छक्क परेंं, दाहालले भने काम पनि छिटो छरितो भएको भेटें ।

शाखा अधिकृत युवराज पौडेलले भने ‘यहाँको न्याय सम्पादनका गतिविधि, नमुना भएको देख्न पाइयो । उपमेयर तथा न्यायिक समिति संयोजक ढाका कुमारी पराजुलीसँग कुराकानी गर्दै अनुगमन टोलीले बेलबारी बाट जिल्लामा जाने मुद्धाहरु समेत छिटै मिल्ने गरेको बताएका छन् ।
उपमेयरकै कार्यकक्षमा दैनिक हुने छलफल तथा मेलमिलापका लागि सुचना पाटीकै स्थापना गरीएको रहेछ पौडलले भने अन्यत्र यति ब्यबस्थित छैन । बेलबारीमा परेका उजुरी मध्ये सवैभन्दा वढी मेलमिलापका माध्यमवाट मेलमिलाप भएको पाइएको समेत टोलीले जनाएको छ ।
चालु आर्थिक वर्षको बैशाख महिना भित्रमा साढे ४ सय भन्दा वढी उजुरी परेको उपमेयर ढाका कुमारी पराजुलीले बताईन् । त्यसमध्ये ३ सय ५० भन्दा सय वटा उजुरीमाथि मेलमिलाप भइसकेको उनले बताईन् । अघिल्लो बर्ष भन्दा झन्डै दोवर उजुरी आर्थिक बर्ष नसकिदै आएको समेत उनले बताईन् ।

नगरमा प्रत्येक साताको सोमवार र शुक्रवार उजुरीहरु उपर छलफल गरी मेलमिलाप गराउने कामको समय निर्धारण गरिएको छ । वडा वडामा न्यायिक सुनुवाई कार्यक्रम समेत अघि बढाएको छ । सो नगरको कार्यालय भवन पुरानै र साँघुरो रहेको तथा छुट्टै न्यायालय कक्ष ( इजलास) नभएको अवस्थामा समेत सक्रिय गतिविधि देखिएको अनुगमन टोलीले जनाएको छ ।
न्याधिशको टोलीले बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई समेत भेटेर न्यायिक काममा जिल्लामै बेलबारी पहिलो भएको भन्दै बधाई समेत दिएका थिए । टोलीले बेलबारीबाट अन्य स्थानिय तहले समेत सिक्न सक्ने भन्दै मेयर सुवेदीलाई बधाई दिएका हुन्।