२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारी नगरपालिकालाई बेल अनि सिमसारको नगरपालिका बनाउन बिज्ञहरुको सुझाव

Author Uttari Morang
शनिबार, जेठ ११, २०७६
बेलबारी नगरपालिकालाई बेल अनि सिमसारको नगरपालिका बनाउन बिज्ञहरुको सुझाव

उत्तम पोख्रेल बेलबारी, मोरङ । बेलबारी नगरपालिकालाई सिमसारको नगरपालिका बनाउनका लागि गठित बिज्ञहरुको समुहले बेलबारीलाई छुटै पहिचानको नगरपालिका बनाउन सकिने सुझाव दिएका छन् ।

पर्यटकीय गुरुयोजना (डिपिआर) निर्माण गरेर नगरपालिकालाई बुझाउनु अगाडि जनप्रतिनिधिहरु संगको छलफलमा बिज्ञहरुले बेलबारीमा रहेका सिमसारहरु छुटै प्रकृतिको रहेकोले नितिहरुलाई सुहाउदो बिक्षरोपण गर्नु पर्ने समेत जनाएका छन् । प्रा.डा. दामोदर थापा क्षेत्री, प्रा. डा. सोमप्रसाद खतिवडा, डाक्टर भविन्द्र निरौला, डाक्टर अर्जुन बराल, रामचन्द्र अधिकारी, अर्जुन थापालगायतका बिज्ञहरुले बेलबारीमा पर्यटनमा सिमसारको सम्भावना रहेको समेत बताएका छन ्। बेलबारीमा १मा रहेको अमना सिमसारमा बेलबा विरुवा रोपनु पर्ने समेत उनिहरुले जनाएका छन् । बेलबारीको पहिचान सग जोडिएकाले उत्त सिमसार क्षेत्रमा बेलका विरुवा रोप्नु पर्ने बिज्ञ राम चन्द्र अधिकारीेले बताए । धनपालथान, धनपालगढी, महाराजथान भव, जाल्पादेवी भव, लगायतका सिमसारलाई धार्मीकरुपमा विकास गर्नु पर्ने समेत जनाइएको छ । सवै सिमसार लाई पिकनिक स्पटकारुमा विकास गर्न नहुने समेत उनिहरुले बताएका छन् । बेलबारीको सवै भन्दा ठुलो भने बेतना, सिमसार रहेको छ । त्यस्तै, भुलभुले।कुइरीखोला, मखनपोखरी, गयलपोखरी झलझलीबाँध, हाँडीदह लगायतका सिमसारहरू नगरभित्र रहेका छन् । ‘बेलबारीमा पर्यटनका सम्भावना तथा आधारहरू धेरै छन्’, विज्ञ रामचन्द्र अधिकारीले भने – डिपिआर निर्माण अनतिम चरणमा रहेको छ ।’ डिपीआर निर्माण गर्दा केहि सिमसार क्षेत्रलाई धार्मीक तथा सास्कृर्तिक पक्षलाई समेत ध्यान दिएको बताइएको छ । बेलबारीका केहि सिमसार क्षेत्रमा छुटै २१ वटा सिमसार रहेका बेलबारीमा केहि क्षेत्रलाई सिमसार तथा पार्क समेत एकै स्थान नराख्न बिज्ञको टोलिले सुझाव दिएका छन् । बिज्ञहरुले दिएको सुझावका आधारमा सिमसार क्षेत्र वाट पर्यटन प्रबर्धनका गर्ने बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले बताए । सिमसार क्षेत्रमा संरचना निर्माण भन्दा पनि अर्गानिकतलाई ध्यान दिने मेयर सुवेदीले बताए ।