२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

नोबेल हस्पिटलद्वारा बेलबारीमा विद्यालय स्वास्थ्य कार्यक्रम संचालन

Author Uttari Morang
बुधबार, जेठ १५, २०७६
नोबेल हस्पिटलद्वारा बेलबारीमा विद्यालय स्वास्थ्य कार्यक्रम संचालन

केशु विरही, बेलबारी, माेरङ/ किशाेरीहरुलाई  महिनावारीका समयमा हुने समस्या र त्यसबाट वच्ने उपायकाे वारेमा जानकारी दिन नाेवेल मेडिकल कलेज विराटनगरले विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरेकाे छ ।

“घरघरमा डाक्टर घरघरमा नर्स” कार्यक्रम अन्तरगत विश्व महिनावारी स्वास्थ्य दिवसकाे अवसरमा नाेवेलले एक दिवसीय विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरेकाे हो ।

बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे शिक्षा सन्देश ई स्कुलमा महिनावारी भएका र साे स्टेजमा पुगेका किशाेरीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यका साथ संचालन गरिएकाे विद्यालय स्वास्थ्य कार्यक्रममा विद्यालयका कक्षा ७, ८, ९ र १० कक्षाका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

उक्त एक दिवसीय तालिममा नाेवेल मेडिकल कलेजकी शिक्षिक डा. नविना काेईराला, डा. हिमलाल भण्डारी र नर्सहरुकाे सहजिकरण रहेकाे थियाे ।

नाेवेल मेडिकल कलेजले पछिल्लाे समयमा “घरघरमा डाक्टर घरघरमा नर्स” कार्यक्रम संचालन गर्दै अाएकाे छ । साेहि कार्यक्रम अन्तरगत याे कार्यक्रमकाे संचालन गरेकाे नाेवेल मेडिकल कलेजले जनाएकाे छ ।

विद्यालयमा संचालन गरिने यस्ता कार्यक्रम निकै उपयाेगी हुने भएकोले कार्यक्रम संचालन गरिएको शिक्षा सन्देशका प्रिन्सिपल राजेश खत्रीले बताए ।