२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

तमोर नदीमा १० महिनामै बन्यो मोटरेवल पुल, ताप्लेजुङबासीलाई ठूलो राहत

Author Uttari Morang
शुक्रबार, जेठ १७, २०७६
तमोर नदीमा १० महिनामै बन्यो मोटरेवल पुल, ताप्लेजुङबासीलाई ठूलो राहत

फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाको सिमानामा पर्ने तमोर नदीमाथि मोटरेवल पुल निर्माण गरिएको छ।

निर्माणाधीन मध्य तमोर जलविद्युत परियोजनाको मुख्य प्रवर्द्धक सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रा.लि.ले करिब ८ करोडको लागतमा पुल निर्माण गरेको हो । निर्माण सम्पन्न भएको पुलको भार क्षमता ४४ टन छ भने पुल ६० मीटर लामो छ ।

जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक घनेन्द्र मादेन, फुङ्लिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई (तारा), प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार सावाँले संयुक्तरूपमा रिवन काटेर पुलको उद्घाटन  गरेका छन् ।
पुल निर्माण भएसँगै ताप्लेजुङको तमोर नदिपारि रहेका अधिकांश गाउँहरुमा यातायातका साधन आवतजावत हुने भएका छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई यातायातमा सहजता प्रदान गर्न परियोजनाले यो पक्की पुलको निर्माण गरेको परियोजनाले जनाएको छ ।

करिब १० महिनामा नै यो पुल निर्माण सकिएको छ । पुल बनेपछि मिक्वाखोला गाउँपालिकाको खोक्लिङ, लिवाङ, साँवा, पापुङ तथा फक्ताङ्लुङ गाउँपालिकाका सावदिन र खेजेनिमका स्थानीयलाई सहज हुनेछ । प्रभावित क्षेत्रका स्थानीयको मुख्य आवश्यकता रहेको यो पुलको निर्माण भएसँगै जलविद्युत् परियोजनामा आवश्यक निर्माण सामग्री निर्माणाधीन क्षेत्रका पुर्‍याउन समेत सहज भएको छ।