२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

खानेपानीको समस्याकै कारण बसाइँ सरे संखुवासभाका ४५ परिवार

Author Uttari Morang
सोमबार, जेठ २०, २०७६
खानेपानीको समस्याकै कारण बसाइँ सरे संखुवासभाका ४५ परिवार

खानेपानीको हाहाकार भएपछि संखुवासभाका  ४५ घरपरिवार बसाइँ सरेका छन् ।

खानेपानी अभावकै कारण पाँचखपन नगरपालिका १० चैनपुर नगरपालिकामा १० र धर्मदेवी नगरपालिकामा २५ घरपरिवार बसाइँ हिँडेका हुन् ।

धर्मदेवी नगरपालिकाको ७ र ८ नम्बर वडाबाट मात्रै २५ घरपरिवार बसाइँ सरेका छन् । वडा नम्बर ७ बाट १५ र वडा नम्बर ८ बाट १० घरपरिवार दुई वर्षमा बसाइँ सरेको ७ नम्बरका वडाध्यक्ष भोलामान श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार, ७ नम्बर वडाभित्रका कुवापानी, आहाले, मालवासे लगायत गाउँमा खानेपानीको चरम अभाव छ । त्यस्तै, ८ नम्बर वडाका खाल्चे, पाडरे, जागिर गाउँ, कुडुले फापलिङ लगायतका गाउँमा पनि खानेपानीको समस्या छ  ।