२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

दोब्बर भन्दा धेरै बढ्यो सुर सप्तक बेलबारी आईडलको पुरस्कार राशी

Author Uttari Morang
बिहिबार, जेठ २३, २०७६
दोब्बर भन्दा धेरै बढ्यो सुर सप्तक बेलबारी आईडलको पुरस्कार राशी

स्रष्टा समाज बेलबारीको आयोजनामा जारी सुर सप्तक बेलबारी आईडलको पुरस्कार बृद्धि भएको छ ।

आयोजक समितिका सचिब तथा कार्यक्रम संयोजक जितबहादुर (जेबी) थुलुङका अनुसार  प्रथम पुरस्कार १० हजार बाट बढाएर २५ हजार बनाईएको छ । दोस्रो पुरस्कार ७ हजार बाट बढाएर १५ हजार बनाइएको छ भने तेस्रो पुरस्कार ५ हजारबाट बढाएर १० हजार बनाईएको छ ।
नगदका साथमा संगितकार भीम बस्नेतद्धारा दुईजनालाई गीत रेकर्डिङको अबसर, गीतकार मिलन राई र संगितकार बिनोद खम्बुद्धारा आईडल लाई गित रेकर्डिङको अबसर दिइने  र बेलबारीका मोडल अमर खडका द्धारा १ गीत रेकर्डिङ र भिडियो निर्माण गरिदिने उनले बताए  ।
आईडलको सेमिफाईनल यहि जेठ २५ गते ११ बजेदेखि किरात राई यायोख्खाको धार्मिक बन बेलबारीमा हुने र फाईनल असारको दोस्रो साता हुने जनाईएको छ ।