२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

लगातारकाे चट्याङले साताे लिएका कारण २० दिनकी बालिकाकाे मृत्यु

Author Uttari Morang
शनिबार, जेठ ३२, २०७६
लगातारकाे चट्याङले साताे लिएका कारण २० दिनकी बालिकाकाे मृत्यु
बेलबारी, माेरङ/  लगातार रुपमा परेकाे चट्याङले तर्सिएर बेलबारीमा २० दिनकी बालिकाकाे मृत्यु भएकाे ।
बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती अादर्शटाेल निवासी ऋतुवर्ण गिरीकी २० दिनकी छाेरीकाे सेविकाकाे चट्याङले तर्सिएर मृत्यु भएकाे परिवारले वताएकाे छ ।
राती स्वस्थ छाेरीलाई साथमा लिएर सुतेकी अामा मायाले छाेरीलाई दूध खुवाउन खाेज्दा मात्र छाेरी अररी रहेकाे अवस्थामा थाहा पाईन ।
 “चट्याङ परेकाे पर्यै गर्याे । छाेरी सुतिरहेकी थिईन । म पनि निदाएछु । राती दूध खुवाउन खाेज्दा छाेरीले कुनै प्रतिकृया जनाईन । त्यसपछि मेराे साताेपुत्लाे उड्याे वरिपरि हाेहल्ला गरें ।” मृतक बालिकाकी अामा मायाले दुखीन मनलिएर यसाे भनिन ।
 बालिकाकी अामाले हल्ला गरेपछि उपचार गर्न सकिन्छ कि भनेर अाफूहरुले तुरुन्तै बेलबारी बजारका रहेकाे नाेवेल अस्पतालमा पुर्याए पनि बालिकालाई बचाउन नसकिएकाे स्थानीय प्रदिप गरी वताउँछन् ।
केहीले भने निमुनियाका कारणले बालिकाकाे मृत्यु भएकाे हुासक्ने अाशंका गरे पनि साँझमा सद्धे रुपमा सुतेकी, निमुनियाकाे कुनै छाँट नभएकाेले चट्याङबाट तर्सेर मृत्यु भएकाे दावी गरेका छन्  ।
मृतक बालिकाका पिता भने राेजगारका लागि काठमाण्डाै रहेका छन् ।