२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

प्रथम केराबारी साहित्य उत्सव-२०७६ भब्य रूपमा सम्पन्न

Author Uttari Morang
आइतबार, आषाढ ०१, २०७६
प्रथम केराबारी साहित्य उत्सव-२०७६ भब्य रूपमा सम्पन्न

युवराज ठकुरी, केराबारी,मोरङ / मोरङको केराबारी गाउँपालिकामा “प्रथम केराबारी साहित्य उत्सव-२०७६” सम्पन्न भएको छ ।

केराबारी गाउँपालिकाको सहयोग तथा केराबारी साहित्य तथा कला विकास केन्द्र र श्री राष्ट्रिय पुस्तकालय केराबारीको संयुक्त आयोजनमा जेठ ३२गते हजारविघा सामुदायिक वनको सभाहलमा कार्यक्रम भव्यतापुर्वक सम्पन्न भएको थियो।
श्री राष्ट्रिय पुस्तकालयका अध्यक्ष महाप्रसाद लुइँटेलको सभापतित्वमा ,सुक्र आङ्देम्बे र युवराज ठकुरी “अज्ञानी” को संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की, विशिष्ट अतिथिका रुपमा गाउँपालिका उपाध्यक्ष शान्ती लिम्बू भुजेल ,साहित्यकार कृष्ण अविरल,मोहनप्रसाद काफ्ले ,आचार्य अमृत ,इरान राई ,वडाध्यक्षहरु मनोज खड्का,भक्त श्रेष्ठ ,नारायणप्रसाद चेम्जोङ, धनजीत पराजुली ,रेखा सुवेदी, जेवी थुलुङ ,रमेशचन्द्र अधिकारी, कृष्ण उदासी ,मनोज विश्वकर्मा,सन्देश तुम्बापो, गजलकार जिबि गजल, सुमन राई,युवराज काफ्ले “इवन” ज्ञानु राई लगायत स्थानीय स्रष्टाहरु संघ संस्थाका प्रतिनिधिहरु सहित १२० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशेष कविता वाचनमा कविहरु संदेश तुम्बापो,मनोज विश्वकर्मा,कृष्ण उदासी ,रमेशचन्द्र अधिकारी र रेखा सुवेदीले एकएकवटा कविता वाचन गरेका थिए।त्यसैगरि विशेष गजल वाचनमा गजलकार ज्ञानु राई,युवराज काफ्ले “इवन”,सुमन राई र जिवी गजलले गजल वाचन गरेर दर्शनहरुलाई उत्साहित बनाएका थिए।
कार्यक्रममा दुई दर्जन स्रष्टाहरु प्रतिनिधि रचना वाचन गरेका थिए।गायक रमेश सुवेदीले गजल गायन तथा हेम सुवेदी र नरेश राईले म स्वदेश गान गाएका थिए।कार्यक्रममा प्रायोजकका तर्फबाट एकता सामुदायिक वनका अध्यक्ष श्री घनश्याम पौडेल,साहित्यकार मोहनप्रसाद काफ्ले ,आचार्य अमृत ,कृष्ण अविरल , गाउँपालिका उपाध्यक्ष शान्ती लिम्बू ,अध्यक्ष रोहितबहादुर कार्कीले मन्तव्य राखेका थिए ।
केराबारीमा साहित्य तथा कलाको विकास गर्ने र गतिविधि बढाउने लक्ष्यका साथ गरिएको कार्यक्रममा गाउँपालिकाको तर्फबाट अभिभावकत्व ग्रहण गर्दै सहयोग गर्ने प्रतिबद्धता गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की व्यक्त गरेका छन।
कार्यक्रममा केराबारी साहित्य तथा कला विकास केन्द्रका अध्यक्ष नवीन थापा क्षेत्रीले संस्थाको अवधारणापत्र प्रस्तुत गरेका थिए ।