२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सुन्दरहरैंचामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, सिद्धार्थ स्कुल प्रथम

Author Uttari Morang
आइतबार, आषाढ ०१, २०७६
सुन्दरहरैंचामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,  सिद्धार्थ स्कुल प्रथम

सुन्दरहरैंचामा भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुन्दरहरैंचा १० खोर्सानेमा अबस्थित सिद्धार्थ सेकेण्डरी स्कुल प्रथम भएको छ ।

गछियास्थित खेल मैदानमा भएको प्रतियोगितामा नगरभरिका २५ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।  सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सो प्रतियोगितामा सुन्दरहरैंचा १० खोर्सानेको सिद्धार्थ सेकेण्डरी स्कुल ६ स्वर्ण, ४ रजत र २ कस्य पदक प्राप्त गर्दै प्रथम भएको छ ।

त्यसैगरी बेलेपुरको जनता मा.वि. ५ स्वर्ण, १ रजत तथा ६ कस्यप प्राप्त गर्दै दोस्रो भएको छ ।  त्यस्तै ४ स्वर्ण, ३ रजत र २ कास्य पदकका साथ विराटचोकको सुकुना मा वि तेस्रो भएको छ ।

बिहीबार र शुक्रबार  संचालन भएका उक्त प्रतियोगितामा रनिङ, भलिबल ,कबडी लङजम्प, हाइजम्प, ट्रिपल जम्प, सटपुट, रिले, ज्बलिङ थ्रो लगायतका खेलहरु समावेस थिए । प्रतियोगितामा ५ सयभन्दा बढी विद्यार्थी सहभागी  थिए ।