२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

सुकुना क्याम्पसको बाह्रौं परिषद बैठक सम्पन्न, नयाँ समिति गठन

Author Uttari Morang
शनिबार, जेठ ३२, २०७६
सुकुना क्याम्पसको बाह्रौं परिषद बैठक सम्पन्न, नयाँ समिति गठन

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा सञ्चालक परिषद्को बाहृाैं बैठकले नयाँ संचालक समिति चयन गरेको छ ।

प्रदेश १ का समाजिक विकाश मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा शुक्रबार भएको  परिषद बैठकले निर्बिरोध रूपमा सञ्चालक समिति , लेखा समिति र पुनरावेदन समितिकाे गठन गरेको हो ।

बाहृाैं परिषद बैठकले सुकुना बहुमुखी क्याम्पस सञ्चालन समितिमा केशवप्रसाद अधिकारीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

समितिकाे उपाध्यक्षमा गाेपालबहादुर थापा चयन भएका छन्  भने सदस्यहरुमा सुरेन्द्रबहादुर थापा, गणेशराज मास्के ,नागेश पाेखरेल, लक्ष्मीप्रसाद फुयाल ,ज्ञानेन्द्र ओझा , नेत्रप्रसाद ढकाल ,पुन्यप्रसाद आचार्य, नरेन्द्र वस्नेत , टीका चापागाईं भट्टराई, विन्दा थापा, ललितबहादुर श्रेष्ठ तथा नारायण प्र चुडाललाई चयन गरिएको पब्लिक क्याम्पस संघ सुकुना क्याम्पस एकाई समितिका सभापति बलराम पाेखरेलले जानकारी दिए ।

त्यसैगरी  चुडामणि तिम्सिनाकाे संयाेजकत्वमा अमृत प्र ढकाल तथा याेगराज काफ्ले रहेको ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ ।

त्यस्तै अमृतप्रसाद आचार्यकाे संयाेजनमा मकरानन्द पराजुली , उमेश वस्ती, गाेविन्द फुयांल तथा देवी अाचार्य रहेको पुनरावेदन समिति पनि गठन भएको छ ।  निर्वाचन समितिको तर्फबाट  प्रेमप्रसाद भट्टराई , खगेन्दप्रसाद लुईटेल तथा कल्याणप्रसाद सिटौलाको मुख्य भूमिका रहेकाे थियाे ।

बैठकमा विभिन्न प्रतिवेदनहरु माथि छलफल तथा आ. व.२०७५/७६ काे वार्षिक कार्यक्रम तथा वजेट अनुमाेदन भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठले क्याम्पसको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक अनुमानित  रु १५ करोड ६८ लाख ३९ हजार ७ सय ८४ रुपैयाँ ६८ पैसा बराबरको आम्दानी र खर्च सहितको बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा समितिका सदस्य दुर्गाप्रसाद गाैतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बाहृाैं बैठककोे पहिलाे चरणकाे कार्यक्रममा करिव २ सय विद्यार्थीहरूलाई विभिन्न संंघ संस्था, क्याम्पस कोष तथा  अन्य स्रोत र माध्यमबाट उपलब्ध  १२ लाख ५ हजार बराबरको छात्रवृत्ति  प्रदान गरिएको थियो ।

कार्यक्रममा सुकुना क्याम्पसका पूर्व क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ , प्रदेश सभा सदस्य राजकुमार अाेझा लगायतले शुभकामना मन्तव्य व्यक्त व्यक्त गरेका थिए । सुकुना क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष गोपालबहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहायक क्याम्पस प्रमुख चन्द्रमणि राईले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।