२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

एक महिनामा तेस्रोपटक माफी माग्दै इटहरीका मेयरले गरे ‘ह्याट्रीक’

Author Uttari Morang
शनिबार, आषाढ ०७, २०७६
एक महिनामा तेस्रोपटक माफी माग्दै इटहरीका मेयरले गरे ‘ह्याट्रीक’

इटहरीका मेयर द्वारिकलाल चौधरीले एक महिनाको अबधिमा तेस्रोपटक माफी मागेका छन् ।
यस अघि पत्रकार दुर्ब्यबहार र धम्कीको बिषयमा माफी मागेका उनले यस पटक महिलाहरुसँग माफी मागेका हुन् ।  इटहरीमै आयोजित एक कार्यक्रममा उनले महिलाको बिषयमा आपत्तिजनक अभिव्यक्ति  दिएका थिए ।

आफ्नो अभिव्यक्तिप्रति दुःख ब्यक्त गर्दै उनले विज्ञप्ति निकालेर क्षमायाचना गरेका छन् । कार्यक्रममा आफूले बोलेका केही शब्दहरुले तमाम नेपाली आमा दिदीबहिनीको भावनामा चोट परेकोमा दुःख ब्यक्त गर्दै क्षमायाचना गरेको चौधरीले जनाएका छन्।

उनले इटहरीको समृद्धि र विकास महिला दिदीबहिनीको सहयोगबिना सम्भव नभएको भन्दै इटहरीको विकास र समृद्धिमा महिला दिदीबहिनीको महत्वपूर्ण साथ सहयोगका लागि आह्वान गरेका छन् ।

विज्ञप्तिमा इटहरी उपमहानगरपालिका इटहरीका बेथिति, कुरीति र भ्रष्टाचारविरुद्ध लडिरहेको जनाएका छन् । इटहरीमा मौलाउँदो यौनधन्दालाई नरोकी समुन्‍नत इटहरी निर्माणको परिकल्पना अधुरो रहने पनि उनले जिकिर गरेका छन्।