२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

मिडिया काउन्सिल बिधेयक सुधार्न भन्दै धनकुटाका पत्रकारले प्रमलाइ पठाए हस्ताक्षर

Author Uttari Morang
सोमबार, आषाढ ०९, २०७६
मिडिया काउन्सिल बिधेयक सुधार्न भन्दै धनकुटाका पत्रकारले प्रमलाइ पठाए हस्ताक्षर

धनकुटाका पत्रकाहरुले प्रेस स्वतन्त्रता र पत्रकारहरको सुरक्षाको माग गर्दै आइतबार प्रधानमन्त्रीलाई हस्ताक्षर संकलन गरी पठाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई धनकुटाका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी सिताराम कार्की मार्फत प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न आग्रह गर्दै १० हजार १ सय ५३ जनाको हस्ताक्षर र ज्ञापन पत्र सहित पठाएको हो ।
नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राई नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष संजयसन्तोषी राई, पत्रकारहरु विनोद घिमिरे, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ्ग, निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला, उपाध्यक्ष नरेन्द्र कस्चित राई,प्रेस संगठनका ईश्वर थापा लगायत धनकुटाका पत्रकारहरुले पत्रकारहरुको सुरक्षा दिन प्रतिदिन जोखिममा पर्दै गएकाले पत्रकारहरुको सुरक्षा र प्रेस स्वतन्त्रताको पक्षको लागी आन्दोलन जारी रहेको वताउनु भयो ।
सो अवसरमा धनकुटाका प्रमुख जिल्ला अधिकारी सितारामकार्की,प्रशासनिक अधिकृत सुधिर साफी लगायत धनकुटाका पत्रकारहरु उपस्थिति रहेको नेपाल पत्रकार महासंघ धनकुटका सचिव विदुर खवासले वताउनु भयो ।
विजय राई ,धनकुटा