२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

मोरङ पालिका स्तरीय मेयर कपको तयारी अन्तिम चरणमा, प्रदेश मन्त्री आङ्वोले उद्घाटन गर्ने

Author Uttari Morang
बिहिबार, आषाढ १२, २०७६
मोरङ पालिका स्तरीय मेयर कपको तयारी अन्तिम चरणमा, प्रदेश मन्त्री आङ्वोले उद्घाटन गर्ने

बेलबारी नगरपालिकाको सहयोगमा मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कपको तयारी अन्तिम चरणमा पुगेको छ ।

असार १३ देखि २१ गतेसम्म हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले गर्ने कार्यक्रम तय भएको छ ।
प्रतियोगितामा जिल्लाका ११ वटा स्थानीय तहका  १२ टीम सहभागी हुने छन् ।

प्रतियोगितामा बिजयी टिमलाई १ लाख ५१ हजार तथा उपबिजेतालाई १ लाख १ हजार नगद सहित मेडल र ट्रफी उपलब्ध गराउने आयोजक मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप आयोजक समितका  सचिव मिलन राईले जानकारी दिए ।

आयोजकका अनुसार शुक्रबार हुने उद्घाटन खेलमा आयोजक बेलबारी निलो र केराबारी गाउँपालिकाको टिमबीच प्रतिस्पर्धा हुने पुर्व कार्यक्रम भएपनि विशेष कारणबस बेलबारी निलोको स्थानमा कानेपोखरी गाउँपालिका खेल्दैछन् । १५ गते बेलबारी निलो खेल्ने  सचिव राइले जानकारी दिए ।

स्मरणीय के भने अघिल्लो बर्षबाट मेयरकप आयोजना गर्न थालेको नगरपालिकाले गत बैशाखमा पनि बेलबारी नगरभरीका वडाहरुको प्रतिस्पर्धामा दोस्रो मेयर कप आयोजना गराएको  थियो ।

यो पनि ….

बेलबारीमा हुनेभो मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप