२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

पुर्वमा अबैध धन्दा नियन्त्रण र राजस्व संकलनमा अब्बल देखियो शशस्त्र प्रहरी

Author Uttari Morang
शुक्रबार, आषाढ १३, २०७६
पुर्वमा अबैध धन्दा नियन्त्रण र राजस्व संकलनमा अब्बल देखियो शशस्त्र प्रहरी

प्रदेश नम्वर १ मा सशस्त्र प्रहरी बलले सिमा सुरक्षा,अवैध चोरी निकासी पैठारी नियन्त्रण ,अवैध हातहतियार तथा लागु औषध नियन्त्रण र बरामद र राजश्व संकलनमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ ।

सिमा सुरक्षा व्यवस्थापन अझ व्यवस्थित बनाउनका लागि पूर्वी नेपालको सिमा क्षेत्रमा १६ वटा सिमा सुरक्षा पोष्ट (वि.ओ.पी.) रहेकोमा हाल २४ वटा कायम गरिएको छ । पूर्वको विभिन्न सिमा क्षेत्रमा वि.ओ.पी. १६ वटा यस भन्दा अघि रहेकोमा तिन वटा नयांँ स्थापना गरिएको, ४ वटा वेश वेशलाई स्तरउन्नती गरीएको र १ वटा स्विकृत भई स्थापना गर्न बांँकी रहेको समेत गरी जम्मा २४ वटा वि.ओ.पी .कायम गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ वाहिनी मुख्यालय पकली सुनसरी स्रोतले जनाएको छ ।

१ नम्वर प्रदेश सरकारको सहयोग र समन्यमा सिमा सुरक्षा तैनाथ सशस्त्र प्रहरी बल नेपालको वोडर आउट पोष्टहरुको भौतिक संचरना निर्माण तर्फ १२ वटा वि.ओ.पी.को भौतिक संचरना निर्माणधिन रहेकोमा ६ वटाको निर्वामाण सम्पन्न भएको छ ।

प्रदेश सिमा सुरक्षा व्यवस्थानलाई अझ चुस्तपारी प्रभावकारी परिचालनको लागि झापा, इलाम, पांँचथर, ताप्लेजुङ्ग, मोरङ्ग र संखुवासभामा  १७ स्थानमा वि.ओ.पी.स्थापना गर्न प्रस्ताव गरेको गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ वाहिनी मुख्यालय पगली सुनसरीमा गत बर्ष आएदेखि नै डि आई जी मन्दिप श्रेष्ठले अभियानकै रुपमा बिशेष योजनाका साथ काम थालनी गरेकाले अवैध चोरी निकासी पैठारी नियन्त्रणमा समेत पूर्वमा उल्लेखनीय सफलता हासिल गरिएको र राजश्व असुलीमा समेत विगत बर्ष भन्दा बढी यस बर्ष उठाउन सफल भै उल्लेखनीय सफलता हासिल गरेको तथ्यांक छ ।
राजश्व असुलीतर्फ ०७४ बैसाखदेेखि  ०७४ चैत्र सम्म रु. ३५ अरब ६२ करोड ५४ लाख ३५ हजार ८ सय ७५ रुपैयांँ संकलन गरेकामा २०७५ चैत्रदेखि २०७६ जेष्ठ मसान्त सम्म रु.५० अरब ५३ करोड ९२ लाख ७० हजार ७ सय १३ रुपैयांँ राजश्व संकलन गरी गत बर्ष भन्दा यस बर्ष उल्लेखनीय  सफलता हासिल गरेको छ ।
यसैगरी अवैध हातहतियार बरामद गर्न र लागु औषध नियन्त्रण र वरामद गर्न समेत सशस्त्र प्रहरी बलले १ नम्वर प्रदेशमा सफलता हासिल गरेको छ ।

विपद व्यवस्थापनमा क्षेत्रमा पनि १ नम्वर प्रदेशमा सशस्त्र प्रहरी बलले महत्वपूर्ण सहयोग गरेको छ । विपद तथा जोखिमा परेकाहरुलाई उद्धार गरी जीवन रक्षा गर्ने समेत काम गरेकोले पूर्वी नेपालमा सशस्त्र प्रहरी बललाई आपत विपतको साथी बन्न सफल भएको छ ।
नं. १ प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघले समेत स्वास्थ्य परिक्षण तथा उपचार,अनाथ बालबालिका तथा बृद्ध बृद्धाहरुलाई लत्ता कपडा तथा खाद्यान्न वितरण  गरेको संघका अध्यक्ष रोजी श्रेष्ठले वताईन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ वाहिनी मुख्यालय पकली सुनसरीका डि आई जी मन्दिप श्रेष्ठको नेतृत्वमा र सक्रियतामा सशस्त्र प्रहरी बलले १ नम्वर प्रदेशमा गत बर्षहरुमा भन्दा यो एक बर्षमा आफ्नो कार्य क्षेत्र अन्र्तगत सिमा सुरक्षा, राजश्व संकलन, अबैध चोरी नकिासी र पैठारी नियन्त्रण, लागुऔषध तथा अवैध हातहतियार बरामद  र विपत व्यवस्थापनमा महत्वपूर्ण सफलता हासिल गरेकोले सशस्त्र प्रहरी बलको प्रशंसा भएको छ ।
– विजय राई