२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

शनिश्चरे नगरपालिका मेयरकपको फाइनलमा

Author Uttari Morang
बिहिबार, आषाढ १९, २०७६
शनिश्चरे नगरपालिका मेयरकपको फाइनलमा

मोरङको बेलबारीमा जारी मेयर कप प्रतिायोगितामा पथरी शनिश्चरे नगरपालिका फाइनलमा प्रबेश गरेको छ ।         बुधबार भएको सेमिफाइनल खेलमा पथरीशनिश्चले ४ गोल गरेको थियो भने सुन्दरहरैचाले २ गोल मात्रै गरेको थियो । प्रतियोगिता समय सुरु भएको केहि समयमै पथरीशनिश्चरेका खेलाडिले फ्रि किक पाएका थिए ।

सुन्दरहरैचाका खेलाडिले डि बक्समा फल गरेपछि पथरीका लागि भाग्य खुलेको थियो । दिपक राईले फ्रि किक मार्फत पहिलो गोल गरेका थिए । यस्तै खेलको केहि समयमा रेफ्रि लाई गालि गरेपछि सुन्दरहरैचा खेलाडिले रेडकार्ड पाएका थिए ।
सुन्दरहरैचाका कमल खवासले रेडकाड पाएको केहि समय नबित्दै पथरीका खेलाडि सुमन राइले हेडिङ मार्फत एक गोल गरेका थिए । खेलको हाप समय पछि पथरीले अन्य दुई गोल गरेको थियो भने सुन्दरहरैचाले पनि २ गोल गरेको थियो । यो जित सगै पथरी फाइनलमा प्रबेश गरेको छ भने सुन्दरहरैचा घर फर्कीएको छ ।
प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलमा म्यान अफ द म्याचले २ हजार ५ सय, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिल्ड फिल्डर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट स्ट्राइकर, हाइ स्कोरर, उत्कृष्ट प्रशिक्षक र सर्वाेत्कृष्ट खेलाडीलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।