२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

पूर्वका तिन जना महिला पत्रकारहरु सम्मानित

Author Uttari Morang
शुक्रबार, आषाढ २०, २०७६
पूर्वका तिन जना महिला पत्रकारहरु सम्मानित

पूर्वको तिन जना महिला पत्रकारहरुलाई सम्मान गर्दै नेपाल पत्रकार महासंको १ नम्वर प्रदेश स्तरीय महिला भेला धनकुटाको पाख्रिवासमा सम्पन्न भएको छ ।

महिला भेलाको उद्घाटन गर्दै प्रतिनिधि सभाका उपसभामुख डा.शिवमाया तुम्वाफाम्फेले महिला मुक्ति र अधिकारको आन्दोलन अझै नसकिएको वताउदै महिला अधिकारको आन्दोलनका लागी सवै एक भएर अभियान संचालन गर्नु पर्ने वताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेल,राष्टिय सूचना आयोगका आयुक्त यशोदा पोखरेल,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु उद्धम तिम्सिना,सटेन्द्र जवेगु,धनकुटका प्रमुख,जिल्ला अधिकारी सिताराम कार्की,पाख्रिवास नगरपालिकाका उपप्रमुख देवकला तिम्सिना,नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,प्रेस संगठनका १ प्रदेश संयोजक लिलाराज भट्टराई लगायतले प्रेस स्तवन्त्रता र अभिव्यक्ति स्वतन्त्रा कायम भए मात्र लोकतन्त्रका संरक्षण र सम्वद्धन हुने वताउनु भयो ।
नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशका अध्यक्ष विक्रम लुईटेलको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव विवेक गौतमले गर्नु भएको थियो भने स्वागत मन्तव्य धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्यसमितिको तर्फबाट संघिय संसदका उपसभामुख डा. शिवमाया तुम्वाहाम्फे,नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेल, राष्टिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले ,नेपाल पत्रकार महासंघका १ नम्वर प्रदेश अध्यक्ष विक्रम लुईटेल ले दोसल्ला,सम्मान पत्र प्रदानगरी पूर्वका वरिष्ठ महिला पत्रकार सुनसरीका गंगा वराल,मोरङ्गका ललिता भट्टराई र झापाका इन्दु पूर्वेलीलाई सम्मान गर्नु भएको थियो । – विजय राई