२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

अतिक्रमणको चपेटामा पर्न थाल्यो पूर्वको ऐतिहासिक पर्यटकीय स्थल धनपालगढी

Author Uttari Morang
शुक्रबार, आषाढ २०, २०७६
अतिक्रमणको चपेटामा पर्न थाल्यो पूर्वको ऐतिहासिक पर्यटकीय स्थल धनपालगढी

पछिल्लो समय अतिक्रमणको चपेटामा परेको मोरङको धनपालगढी क्षेत्रको संरक्षण गर्न थालिएको छ ।

पर्यटकीय गन्तव्यको सूचीमा समेत रहेको धनपालगढीको जग्गामा कम्पाउन्डवाल लगाएर नगरपालिकाले संरक्षण गर्न थालेको छ । ३५ बिगाह क्षेत्रफलमा रहेको गढी पर्यटकिय सम्भावना बोकेको क्षेत्र भएपनि अतिक्रमणको चपेटामा पर्दै आएको छ । अहिले ६ बिगाह भन्दा वढि जग्गा स्थानियको अतिक्रमणमा परी सकेको छ ।

पर्यटकीय क्षेत्र नै चपेटामा परेपछि प्रदेश तथा संघिय सरकार सँग पनि सहयोग मागेर संरक्षण गर्न थालिएको मेयर ज्ञानेन्द्र सुवेदिले बताएका छन ।
दोर्लोकना तथा लोहान्द्रा खोलाबाट संरक्षण सुरु गरेका छौँ मेयर सुवेदीले भने आउँदो आर्थिक बर्षमा सवै क्षेत्र घेरी सकिन्छ । सातवटा पोखरी रहेको उक्त क्षेत्रमा अहिले तीनवटा मात्र पोखरी रहेका छन् ।

अन्य चारवटा पोखरी भने जीर्ण अवस्थामा छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक सांस्कृतिक तथा धार्मिक दृष्टिका आधारमा नयाँ एक सय पर्यटकीय गन्तव्य छनोट गरे सगै धनपाल राजाको दरबार समेत रहेको गढी गन्तब्यमा परेको थियो ।
सातवटा पोखरी रहेको उक्त क्षेत्रमा अहिले तीनवटा मात्र पोखरी रहेका छन् । अन्य चारवटा पोखरी भने जीर्ण अवस्थामा छन् । गढीमा वैशाखमा ठुलो मेला लाग्ने गरेको छ । विवाह गरेका नया दुलहा(दुलही)ले मेलाको बेला पोखरीको बीचमा गएर पूजाआजा गर्नुपर्ने स्थानीयको मान्यता छ ।

धनपाल राजाको दरबार केही वर्षअघि सम्म रहेपनि अहिले भग्नावशेष समेत बाँकी छैन । सम्पदाहरु लोप हुदै गएपछि अध्यायन अनुसन्धान गर्नेहरुले यो क्षेत्रलाई रोज्ने गरेका छन । – बेतना दैनिकबाट