२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

उत्कृष्ट काम गरेको भन्दै धनकुटाका केही महिला जनप्रतिनिधि सम्मानित

Author Uttari Morang
आइतबार, आषाढ २२, २०७६
उत्कृष्ट काम गरेको भन्दै धनकुटाका केही महिला जनप्रतिनिधि सम्मानित

उत्कृष्ट काम गरेको भन्दै धनकुटा नगरपालिकामा ५ जना महिला जनजप्रतिनिधिहरुलाई आज नेपाल महिलमा संघ धनकुटाले विशेष समारोहका साथ सम्मान तथा पुरस्कृत गरेको छ ।
धनकुटा नगरपालिका जननिर्वाचित प्रतिनिधिहरु वडा नं. ४ का निर्वाचित सदस्य दुर्गा अधिकारी, वडा नं. ५ का निर्वाचिन सदस्यहरु सिता श्रेष्ठ, अम्विका परियार, वडा नं. ६ का निर्वाचित सदस्यहरु हिरा देवी राई र मुना रम्तेललाई उत्कृष्ठ काम गरेको भन्दै सम्मान गरेको हो ।

सोही अबसरमा नेपाल मिहला संघ धनकुटाका पूर्व अध्यक्षहरु बिमला श्रेष्ठ र अम्विका राईलाई पनि संगठन विस्तारमा विगतमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको छ । त्यसैगरी सुरिलो स्वरका धनी गिता श्रेष्ठ र नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चम्जोगलाई  पनि सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुलाई १ नम्वर प्रदेश सभाका सदस्य सासंद तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बा, नेपाली कांग्रेस धनकुटाका सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला, नगर अध्यक्ष निरुपा राईले दोसल्सा, खादा र टिका लगाई सम्मान पत्र सहित सम्मान गरेका थिए ।
यसैगरी सोही समारोहमा नेपाल महिला संघको कार्यक्रमहरु सफल बनाउन महत्वपूर्र्ण सहयोग गरी क्रियाशिल  हुने महिला संघका सदस्यहरु मन्दिरा भट्रराई, हिरा थापा, कमला ठकुरी, मेनुका मिश्रलाई पुस्कार प्रदान गरेको छ ।

यस्तैगरी हालै निर्वाचित हुनु भएका नेपाली महिला संघ धनकुटा नगरका वडा अध्यक्षहरु क्रमश वडा नं १ का अध्यक्ष मेनुका शाही ,वडा नं. २ क अध्यक्ष, निर्मला दर्नाल, वडा नं. ३ का अध्यक्ष हिरा थापा, उपाध्यक्ष भावना ढुंगेल, वडा नं. ४ का अध्यक्ष पूर्णमाया राई, वडा नं. ५ का अध्यक्ष रेणु कार्की प्रधान, वडा नं. ६ का अध्यक्ष कुसम श्रेष्ठ, वडा नं. ७ का अध्यक्ष राधा तिम्सिना, वडा नं. ८ का अध्यक्ष श्यामश्वरी राईलाई खादा माला तथा टिकाई लगाई दिई अभिनन्दन गरिएको थियो ।
नेपाल महिला संघ धनकुटका अध्यक्ष लिला सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सम्मान ,पुरस्कार वितरण तथा बधाई कार्यक्रममा नेपाली कांग्रेस लगायत नेपाल महिला संघ धनकुटा जिल्ला तथा नगर, वडा कार्यसमितिहरुका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । – विजय राई