२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

मेयरकप जितेसँगै केराबारीमा हर्ष, खेलाडीलाई दश हजारसहित सम्मान गर्ने गाउँपालिकाको घोषणा

Author Uttari Morang
आइतबार, आषाढ २२, २०७६
मेयरकप जितेसँगै केराबारीमा हर्ष, खेलाडीलाई दश हजारसहित सम्मान गर्ने गाउँपालिकाको घोषणा

मोरङ जिल्ला स्तरीय अन्तरपालिकका कपको च्याम्पपियन बनेको केराबारीका खेलाडीहरुलाइ केराबारी बजार परिक्रमा गराइएको छ ।

खेलकुद विकास समितिको आयोजनामा केराबारीका स्थानीयबासी, खेलकुद समितिका पदाधिकारी, खेलाडी र जनप्रतिनिधि समेतको सहभागितामा केराबारी बजारमा ट्रफी सहित र्‍याली गरिएको हो ।

आइतबार नै केराबारी गाउँपालिकाको सभाहलमा सम्मान कार्यक्रम आयोजना गर्दै खेलाडी र प्रशिक्षकहरूलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की, उपाध्यक्ष शान्ति लिम्बु लगायत विभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनीधहरु र स्थानीय समाजसेवीहरूको उपस्थिति थियो ।

पाँच पाँच हजार नगद सहित गोलकर्ताहरु पुरस्कृत 

सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले मेयर कपको फाइनलमा गोल गर्ने मनिस लिम्बू र भुवन बस्नेतलाई पाँच पाँच हजार नगदसहित पुरस्कृत गरेका छन्  ।

खेलाडीहरूलाई अबिर र खादाले सम्मान गर्दै अध्यक्ष कार्की र उपाध्यक्ष लिम्बुले संयुक्त रूपमा खेलकुद विकास समिति, प्रशिक्षक र खेलाडीहरूलाई ट्रफी हस्तान्तरण गरेका थिए ।

र्‍यालीपछि खेलाडीले गाडीमा ट्रफी लिएर केराबारीका विभिन्न भाग परिक्रमा समेत गरेका थिए । चोक चोकमा आइतबार सबैजसो खेल जितकै बिषयमा गफ गरिरहेका देखिन्थे ।

केराबारी गाउँपालिकाले दश दश हजार सहित खेलाडीलाई सम्मान गर्ने 

केराबारी गाउँपालिकाले बिजेता सहित केराबारीका खेलाडीहरुलाइ दश दश हजार सहित सम्मान र पुरस्कृत गर्नेे भएको छ ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले खेलाडीहरुको हौसला र खेल स्तरमा समेत टेवा पुर्‍याउने उदेश्यले यही महिना भित्र प्रत्येक खेलाडीलाई दश/दश हजार रुपैयाँ सहित सम्मान गर्ने घोषणा गरेका हुन् ।

बेलबारी नगरपालिकाको आयोजनामा शनिवार भएको जिल्ला भरका पालिका स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा पथरीशनिश्चरे नगरपालिकालाई २-० ले पराजित गर्दै केराबारी गाउँपालिका च्याम्पियन भएको थियो । प्रतियोगिता जितेर केराबारीले डेढ लाख हात पारेको छ ।