२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बिद्यार्थीलाई सेनटरी प्याड बनाउन सिकाउदै बेेेलबारी नगरपालिका

Author Uttari Morang
बिहिबार, आषाढ २६, २०७६
बिद्यार्थीलाई सेनटरी प्याड बनाउन सिकाउदै बेेेलबारी नगरपालिका

उत्तम पोख्रेल
बेलबारी सामुदायिक बिद्यालयमा बिद्यार्थीको आकर्षण घटीरहेका बेला केहि स्थानिय तहरुले आकर्षण बढाउनका लागि प्याड बनाउन सिकाउन थालेका छन् ।
मोरङको बेलबारी नगरपालिकाले छात्राहरुलाई सेनटरी प्याड बनाउन सिकाउन थालेको छ ।

कक्षा ८का बिद्यार्थीहरु सहित प्रध्यानाध्यापक सम्पर्क शिक्षिका (लैगिक फोकल पर्सन) लाई प्याड बनाउन सिकाइएको शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोईरालाले बताए ।

महिनामारी भएको समयमा छात्रा बिद्यार्थीहरु बिद्यालयमा धेरै बिद्यार्थी आउन नसक्ने भएकोले घरमै प्याड बनाउन जाने भने पठन पाठनमा समस्या आउदैन भनेर तालिम दिएको कोइरालाले बताए ।

पहिलो चरणमा केहि बिद्यार्थी तथा शिक्षिक शिक्षिकाहरुलाई तालिम दिएको र अब बिद्यालयमा गएर सवै बिद्यार्थीलाई सिकाउने उनले बताए । १२ वटा बिद्यालयका प्रअ एक जना शिक्षिका र एक जना बिद्यार्थीलाई सिकाइएको उनले बताए ।

महिनामारी शारिरिक समस्या हो भन्ने धेरै बिद्यार्थीलाई थाहा पनि हुदैन शिक्षा शाखाकी अधिकृत एलिना बस्नेतले भनिन् ६ कक्षा देखी माथिका बिद्यार्थीहरुमा समस्या देखिन्छ । उनले ८ कक्षामा पढने बिद्यार्थीहरुमा वढि समस्या देखिने गरेको  बताईन । आफैंले घरमा प्याड बनाउन बिद्यार्थीलाई सिकाउदा फाइदा पुग्ने समेत उनले बताईन् ।

प्याड बनाउन चाहिने केहि सामाग्री सहित स्यानेटरी सेफटी किड्स बिद्यालयलाई दिएको उनले बताइन् । बिद्यार्थीहरुलाई महिनामारी भएर पठन पाठन छाडे घर जानु पर्ने अबस्था आए शिक्षिकाले समेत सहयोग गर्ने अधिकृत बस्नेतले बताईन ।
महिनामारी भएको समयमा धेरै बिद्यार्थी बिद्यालयमा आउदैनन् बेलबारी ११ स्थित  लक्ष्मी उच्च माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक गोविन्द भन्डारीले भने – आएपनि टिफिन समयमै बिदा मागेर जान्छन् ।

कक्षा ६ देखि १० सम्म २५ सय भन्दा वढी छात्रा बिद्यार्थी नगरपालिकमा रहेको शिक्षा शाखाको तथ्यांक  छ । ५० प्रतिशत बिद्यार्थी अहिले पनि महिनामारी भएको समयमा बिद्यालय आउदैनन् भने ५७ प्रतिशतलाई अहिलेसम्म पनि महिनामारी शारिरिक अबस्था हो भन्ने थाहा छैन । पछिल्ला समय स्थानियतहरुले सामुदायिक बिद्यालयको गुणस्तर बढाउन विभिन्न कार्यक्रम गरिहरेका छन् । बिधुतीय हाजिरी, शिक्षक ,बिद्यालय सम्मान तथा बिद्यार्थी खाजा कार्यक्रम ल्याइरहेका छन् । पढाईको गुणस्तर देखी नियमित बिद्यालय आउने बनाउनका लागि विभिन्न शैक्षिक गतिविधिहरु गरिरहेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।