२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

आदिबासी जनजाति महासंघ बेलबारीद्वारा १७ जातिका विद्यार्थीहरुलाइ छात्रवृत्ति वितरण

Author Uttari Morang
मंगलबार, आषाढ ३१, २०७६
आदिबासी जनजाति महासंघ बेलबारीद्वारा १७ जातिका विद्यार्थीहरुलाइ छात्रवृत्ति वितरण

आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीले  नगरभरिका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेकाे छ ।
बेलबारी नगरपालिकामा रहेकाे  सभाहलमा एक कार्यक्रमकाे आयाेजना गरेर छात्रवृत्ति वितरण गरेकाे हाे  ।
पुरस्कार वितरण कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, नगरपालिकाका विभिन्न वाडका वाडाध्यक्षहरु, अदिवासी जनजाती महासँग नगर समन्वय समितिका अध्यक्ष तिलकप्रसाद राई, नेपाली काङ्ग्रेस महासमिति सदश्य महेन्द्र सुवेदी, तिलक राई लगायतकाे सहभागिता रहेकाे थियाे  ।

छात्रवृत्ति वितरण कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले वितरण गरेकाे छात्रवृतिले विद्यार्थीहरुलाई ठूलाे राहत मिल्ने विश्वास व्यक्त गरे ।

उनले  आगामी कार्यक्रमहरु वनाउने क्रममा अादिवासी अगुवाहरुसँग छलफल गर्ने प्रतिवद्धता समेत जायर गरे ।

साे कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, आदिबासी जनजाती नगर सकन्वय समितिका सल्लाहकार डिपि राई, संघीय समाजवादीका अध्यक्ष तिलक राई, नेपाली काङ्ग्रेस महासमिति सदश्य महेन्द्र सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा नगरभरिका विभिन्न १७ जातिका दुई दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएकाे आदिवासी जनताती महासँग नगर समन्वय परिषदका अध्यक्ष तिलकप्रसाद राईले वताए ।
नेपाल अादिवासी जनजाती नगर समन्वय समिति बेलबारीका अध्यक्ष तिलकप्रसाद राईकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन भने सचिव मनकुमार गुरुङले गरेका थिए ।