बाढी पहिरोले आक्रान्त बन्यो धनकुटा पनि, पिडितलाई तत्काल राहत दिन कांग्रेसको माग
Uttari Morang
लामो समयको खडेरीपछि केही दिन यता देखी लगातार परेको अविरल बर्षाले धनकुटा जिल्लाको सवै स्थानीय तहहरुमा नराम्रो संग क्षती पु¥याई रहेकाले उद्धार तथा राहत वितरणमा सक्रिय हुन नेपाली कांग्रेस धनकुटाले सवै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गदै पीडितलाई तत्काल राहत प्रदान गर्न समेत नेपाली कांग्रेस धनकुटाले माग गरेको छ ।
अविरल बर्षाका कारण धनकुटा जिल्लाका सात वटै तहका विभिन्न वडाहरुमा बाढी तथा पहिरोले घरहरु क्षती पु¥याएको र ग्रामिण सडकहरु पूर्ण रुपमा क्षती भई यातायत अवरुद्ध भएकोले नेपाली कांग्रेस धनकुटाका सवै तहका कार्यसमितिले कांग्रेसजनलाई र भातृ तथा शुवेच्छुक संस्थाहरुलाई विपतमा सहयोग गर्न उद्धार तथा राहतमा सक्रिय पूर्वक परिचालत भै परिचालित गर्न नपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले विज्ञप्ती प्रकाशित गरी आग्रह गर्नु भएको हो ।
यस कार्यमा सवै धनकुटाका कांग्रेसजनलाई सहभागी भै सवैकिसिमको सहयोग गर्न आग्रह गर्दै क्षतीको वितरण र संभावित हुने सक्ने क्षतीकोको वारेमा नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिको कार्यालय,जिल्लाका पदाधिकारी तथा सदस्यहरु,क्षेत्र,स्थानीय तह र वडाका सभापति तथा पदाधिकारीहरु र सदस्यहरुलाई समेत अभिलम्ब जानकारी गराई दिन समेत विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।
लामो समयको खडेरी र खडेरीपछि परेको अविरल बर्षाका कारण धनकुटा जिल्लामा मकै लगायतका अन्नवाली नराम्रोसंग क्षती भएकोले कृषकहरुलाई तत्काल राहत दिन र अविरल बर्षाका कारण अहिले घर क्षती भएका पिडित परिवारलाई पनि तत्काल राहत प्रदान गर्न नेपाल सरकार तथा स्थानीय तहको सरकारसंग नेपाली कांग्रेस धनकुटाले जोडदार माग गरेको छ ।
अविरल बर्षाका कारण धनकुटा जिल्लाका सम्पूर्ण ग्रामिण सडकहरुमा व्यापक क्षती पु¥याएकोले धनकुटा जिल्लाका ग्रामिण क्षेत्रमा यातायत पूर्ण रुपमा अवरुद्ध भएको छ भने अहिले सम्म धनकुटा जिल्लाका सातवटै पालिकामा गरी अहिले सम्म पूर्ण र सामान्य गरी १ सय २७ वटा घर क्षती भएको छ ।
अविरल बर्षा पछि गएको पहिरोबाट निगाले सिमेन्ट उद्योगलाई समान्य क्षती भएको र ३ वटा विद्यालय क्षती भएको छ भने चार जना मानिवस घाईते भएका छन ।
स्थानीय प्रशासनको सक्रियतामा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय वासिन्दाहरुले अहिले बाढी तथा पहिरो पिडितहरुको उद्धार गरिरहको र पहिरोलाई नियन्त्रण गर्ने कार्य गरिरहेका छन ।




