बैशाखभित्र सबै योजना सम्पन्न गर्ने लक्ष्य सहित समापन भो बेलबारीको चौथो नगरसभा
Uttari Morang
मोरङको बेलबारी नगरपालिकाले वैशाख महिना भित्र विकास निर्माणका काम सक्ने लक्ष तय गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ ।
१० गते बजेत तथा नति कार्यक्रम ल्याएको नगरपालिकाले ३१ गते बजेट पास गरेको छ । ३१ गते मगलवार वसेको बैठकले बजेट तथा निति कार्यक्रम पास गर्दै बैशाख महिना भित्रमा नगरपालिकाले सचलन गरेका योजना सक्ने मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ का लागि १ अर्ब ९१ लाख ९० हजार बराबरको बजेट विनियोजन गरीसकेको छ । चौथो नगरसभामा नगरपालिकाले पूँजीगततर्फ ४२ करोड ५० लाख ५८ हजार विनयोजन गरेको छ भने चालु खर्चतर्फ ५८ करोड ४१ लाख ३२ हजार अर्थात ५७ दशमलव ८८ प्रतिशत बजेट विनियोजन गरी सकेको छ । यस्तै प्रशासनिक कार्यमा वडास्तरीय कार्यालय सञ्चालनको लागि ६० लाख ५० हजार र नगरपालिकातर्फ १२ करोड १८ लाख ५९ हजार गरी १२ करोड ७९ लाख ९ हजार विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ ४ करोड १२ लाख ६० हजार बराबरको रकम विनियोजन गरेको छ । सामाजिक विकासतर्फ २४ करोड ८४ लाख ६ हजार बराबरको रकम विनियोजन नगरपालिकाले गरेको थियो ।
सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ १ करोड १६ लाख ३३ हजार बराबरको रकम विनियोजन प्रस्ताव गरिएको थियो भने वातावरण तथा नगरस्तरीय वातावरणीय तथा विपद् व्यवस्थापन कार्यक्रममा ६० लाख र वडास्तरीय कार्यक्रममा १० लाख ५१ हजार गरी जम्मा ७० लाख ५१ हजार बजेट छ । भौतिक पूर्वाधार विकासतर्फ २८ करोड ९६ लाख ४७ हजार बराबरको रकम विनियोजन प्रस्ताव गरिएको छ । त्यसैगरी लागत सहभागितामा ३ करोड बराबरको बजेट तथा कार्यक्रम समावेश गरिएको छ ।
नगरपालिकाले यसै बर्ष दमकल र शव वाहन खरीद गर्ने जनाइएको छ । नगरपालिकाले शव वाहनका लागि ३० लाख र दमकलका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गर्भवती महिलाको निःशुल्क गर्भपरीक्षण साथै असहाय र बेवारिशेको मृत्यु हुँदा उनीहरूको दाहसंस्कार नगगरपालिकाले गर्ने भएको छ । बोयर जातको बाख्रा पालनका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएको छ । जसका लागि १ करोड २५ लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरेको छ । बेलबारी–८ रइझारमा रहेको कयरखोलामा पक्की पुल निर्माण गर्नका लागि नगरपालिकाले डीपीआर बनाई काम थाल्ने जनाएकोे छ ।
बेलबारी–१ मा २२ करोडको लागतमा व्यापारिक कम्प्लेक्स निर्माण गरिने र गरीबसँग नगरपालिका कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ । स्वास्थ्य चौकी नभएका वडामा आगामी वर्ष स्थापना गरिने नगरशभमा पेश गरेको थियो ।
होमस्टे सञ्चालनका लागि प्रक्रिया अघि बढाइने नगरशभामा पेश गरीएको थियो ।
लोहोन्द्रा र चिसाङ खोलामा तटबन्ध, हुलाकी मार्ग कालोपत्रे, पेट्रोलखानीको उत्खनन गर्न र शीतभण्डार निर्माण गर्न पनि बजेट छुट्याइएको थियो कृषिलाई यन्त्रिकरण गर्न, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न आवश्यक काम गरिने र खेलकुद विकासका लागि कभर्ड हल तथा रङ्गशाला निर्माण गर्न प्रदेश तथा सङ्घीय सरकारसँग रकम माग गरिने उल्लेख छ ।




