२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

ऐतिहासिक पर्यटकीय स्थल धनपाल गढीकाे बिकासका लागि स्थानीयबासीले बुझाए ज्ञापन

Author Uttari Morang
शुक्रबार, साउन ०३, २०७६
ऐतिहासिक पर्यटकीय स्थल धनपाल गढीकाे बिकासका लागि स्थानीयबासीले बुझाए ज्ञापन

बेलबारीमा रहेकाे एेतिहासिक पर्यटकीय क्षेत्र धनपाल गढिकाे डिपिअारकाे विषयलाई लिएर स्थानीयहरुले  नगरपालिकामा ध्यानाकर्षण पत्र वुझाएका छन् ।

बेलबारी नगरपालिका वार्ड नं ५ मा रहेकाे एेतिहासिक धनपाल गढी विकास गर्न नगरपालिकाले हालसालै मात्र डिपिअार सार्वजनिक गरेकाे थियाे ।

नगरपालिकाले तयार पारेकाे डिपिअार (बृहत् कार्ययाेजना प्रतवेदन) मा एउटा मूख्यद्वार र दुईवटा अाकस्मिक द्वारहरु रहेकाेमा स्थानीयहरु पहिलाकाे झैँ तीनवटै द्वार रहनु पर्ने माग रहेकाे छ ।

स्थानीयकाे तर्फबाट ध्यानाकर्षणपत्र वुझाउँदै बेलबारी नगरपालिका वार्ड नं ५ का ध्यानबहादुन वमले धनपाल गढि एेतिहासिक तथा पुरातात्विक क्षेत्र मात्र नभएर अाफूहरुकाे अास्थाकाे केन्द्रविन्दु समेत भएकाेले डिपिअारमा भनिए अनुसारकाे भएमा स्थानीयलाई पुजापाठ गर्न अप्ठ्याराे हुने देखिएकाेले वेलैका सचेत गराएकाे वताए ।

स्थानीयहरुले वुझाएकाे ध्यानाकर्षण पत्र वुझ्दै नगरपालिकाका उपप्रमुख ढाकाकुकारी पराजुलीले स्थानीयहरुकाे सराेकार जायज रहेकाेले वसेर यसवारेका सल्लाह गर्ने वताईन ।

साथै यस्ता स्वजनिक सराेकारका विषयमा सवैकाे सराेकार हुनु जरुरीी रहेकाे उपमेयर पराजुलीकाे मत रहेकाे छ ।