२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

सिंहदेवी युवा समूह लालभित्तिद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

Author Uttari Morang
शनिबार, साउन ०४, २०७६
सिंहदेवी युवा समूह लालभित्तिद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

 विगत लामाे समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएकाे श्री सिंहदेवी युवा समूह बेलबारी -२, लालभित्तीले २०७५ काे एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेकाे छ ।

एक कार्यक्रम विच शनिबार वडा नम्बर २ का एसइइ उतिर्ण विद्यार्थीहरुलाइ सम्मानित गरिएको हो । बेलबारी वडा नम्बर २ का वडाध्यक्ष घनश्याम गौतमको प्रमुख आतिथ्यता र क्लबका अध्यक्ष तीर्थबहादुर न्याैपानेकाे अध्यक्षता भएको  कार्यक्रमको संचालन संस्थाका सदस्य विनाेद नेपालकाे रहेकाे थियाे ।

सम्मान कार्यक्रमलाई संवाेधन गर्दै बेलबारी नगरपालिका २ नं वडा अध्यक्ष घनश्याम गाैतमले युवा समूहलाई सामाजिक क्षेत्रमा लागेकाेमा वधाई दिदै समाज विकासमा युवाहरुसँग सहकार्य गरेर अगाडि वढ्न तयार रहेकाे वताए ।

साे कार्यक्रममा बागदेवी सामुदायिक वनका अध्यक्ष फणिन्द्रबहादुर थापा, समुत्थान कृषि सहकारीका अध्यक्ष डिल्लीराम ढकाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

२०५४ सालमा स्थापना भएकाे याे समूहले साे क्षेत्रमा सामाजिक कार्यकाे नेतृत्व प्रदान गर्दै आएकाे छ ।