२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बनेको दुइ महिना पनि नवित्दै मोरङमा जताततै भत्कियो राजमार्ग, ब्यर्थ भो करोडौं खर्चेको

Author Uttari Morang
आइतबार, साउन ०५, २०७६
बनेको दुइ महिना पनि नवित्दै मोरङमा जताततै भत्कियो राजमार्ग, ब्यर्थ भो करोडौं खर्चेको

केशु विरही, सुन्दरहरैचा/ मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित पुर्वपश्चिम राजमार्गमा कालोपत्रे गरिएको सडक दुई महिना नबित्दै भत्किएको छ ।

उक्त सडक कालोपत्रेका लागि गीताञ्जली जोशीला जेभीले ठेक्का लिएको थियो । १ करोड ८३ लाखको लागतमा निर्माण सम्पन्न भएको सडक निर्माणमा ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण पुरा भएको दुई महिना नबित्दै भत्किएको स्थानीयहरु वताउँछन ।

सडकमा कालोपत्रे माथि कालोपत्रे गर्ने काम झारो टार्ने काम मात्र भएको भन्दै उतीखेरै स्थानीयले विरोध जनाएका थिए ।

ठेकेदार कम्पनीले स्थानीयको विरोधलाई वेवास्ता गर्दै कमुल काम गर्दा आज सडकको यो दुर्दसा भएको स्थानीय तेजबहादुर गिरी वताउँछन् । आफूले निर्माण अवधिमै काम कमसल भएको भनेर गुनासो गर्दा ठेकेदारले त ईन्जिनियर होस भनेर गाली गरेको उनको गुनासो रहेको छ ।

सुन्दरहरैँचा स्थित बुढीखोला देखि पुर्वी सिमाना बेलाबारीसम्म कालोपत्रे गरेको अत्याधिक ठाउँमा भत्किएको छ । कालोपत्रे हाल्दा जाम हुनु पर्नेमा जाम नभएर सबै गिटी निस्किएर खाल्डा खाल्डामा परिणत भएको छ ।

सुन्दरहरैँचा नगरकै मुटुमा रहेको विराटचोक बजारमा रहेको पश्चिम बसस्ट्याण्ड त झन् हेर्नै नहुने भएको छ । सडक भत्किएर वनेका खाडल नै खाडले यो ठाउँ वस रोक्ने ठाउँ नभएर पोखरी पो होकि जस्तो भान हुन्छ ।

यसरी सडक भत्किएर खाडल वने पछि आवत जावत गर्ने यात्रुलाई धेरै सास्ती भएको छ । सडक यसरी पोखरीमा परिणत हुँदा आफुहरुले पुग्नुपर्ने ठाउँमा पुग्न नुकेको चालकहरु वताउँछन् ।

सो बाटो भएर हिँड्ने सबैको गुनासो यही रहेको छ ‘यो सास्तीबाट कहिले मुक्ति पाउने ?’

नगरकै प्रतिष्ठा जोडिएको बजार र त्यही बजारको मुटुमा हेको बसस्ट्याण्डको यो अवस्थाले नगरकै वद्नाम गर्ने हुनाने यसको सुधार गर्न नगरपालकाले बेलेमै कदम चाल्नु पर्ने स्थानीय कल्पना शाहको मत रहेको छ ।

त्यसो त सडक मात्र भात्किएको भने कहाँ हो र ? गछिया पुलको हालत पनि उस्तै छ । पुल माथि कालोपत्रे गरिदाँ कालोपत्रे निक्लिएर नै खाल्डो नै खाल्डो पर्दा पुल नै धरापमा परेको स्थानीय बताउँछन ।

सोही बिषयमा जानकारी लिन हामीले ठेकेदार कम्पनीका एक प्रतिनिधि ऋषि जोशीसँग सम्पर्क गरेका थियौँ । उनले सडक गुणस्तरका कारण नभै वर्षाको कारण सडक भात्किएको वताए ।

४८०० मिटर लम्बाई कालोपत्रे गर्ने सम्झौतामा भए पनि आफूहरुले ५७०० मिटर लम्बाई सडक कालोपत्रे गर्नुपरेकाले गर्दा यो स्थिती आएको हुनुक्ने ठेकेदार मिश्रको मत रहेको छ ।

यसै बिषयमा सडक डिभिजन कार्यलय विराटनगरका डिभिजन प्रमुख शुभराज न्यौपानेलाई पटक पटक सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।
यता सुन्दरहैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल भने यो नगरपालिकाको कार्य क्षेत्र नभए पनि जनसरोकारको विषययको गाम्भिर्यतालाई हेरेर नरपालिकाले उपयुक्त कदम चाल्ने वताए ।