२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बर्षासगै आएको वाढीले क्षति पुर्याएका परिवारलाई बेलबारी नगरपालिकाले दियो राहत

Author Uttari Morang
बिहिबार, साउन ०९, २०७६
बर्षासगै आएको वाढीले क्षति पुर्याएका परिवारलाई बेलबारी नगरपालिकाले दियो राहत

बेलबारी नगरपालिकाले केहि दिनदेखि आएको अविरल बर्षासगै आएको वाढीले क्षति पुर्याएका परिवारलाई राहत वितरण गरेको छ ।

दैविक प्रकोप उदार कोष मार्फत बेलबारीका ३, ५, १०  र १ का बाढीी पिडित परिवारलाई नगरपालिकाले राहत वितरण गरेको हो । वाढीवाट विस्थापित अमर वहादुर खत्री र निशान सग्रौलाको परिवारलाई नगद २५ /२५ हजार आर्थिक सहयोग गरेको छ । खत्री र सग्रौलाको परिवार अहिले छिमेकीकोमा वसिरहेका छन् । त्यस्तै वाढीकाट क्षति पुर्याएका बेलबारी ३ कै भुपिन्द्र प्रसाद आचार्य, गणेश खत्री, सरीता राई, र १० नम्बर वडाका शेरवहादुर कामीलाई नगद १५/१५ हजार राहत दिएको नगरपालिकाका प्रबक्ता योगन्द्र प्रसाद सुवेदीले बताए । सुवेदीले नै पिडित परिवारलाई राहत वितरण गरेका छन् ।

प्रबक्ता सुवेदीका अनुसार बेलबारी २ का अग्नीपिडित विनोद श्रेष्ठको परिवारलाई पनि नगरपालिकाले २५ हजार  राहत वितरण गरेको छ ।

तत्कालका लागि वाढीबाट क्षति पुर्याएका परिवारलाई सहयोग पुर्याएको सुवेदीले बताए । उनले उदार तथा राहत कार्यमा खट्न समेत सवैलाई आग्रह गरेका छन् ।