२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

तारा अधिकारीको तीज गीत आउ संगी सार्वजनिक 

Author Uttari Morang
मंगलबार, साउन १४, २०७६
तारा अधिकारीको तीज गीत आउ संगी सार्वजनिक 

गीतकार तारा अधिकारीको तीज गीत आउ संगी …. सार्वजनिक गरिएको छ । निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत छ ।

सुमन केसीको संगीत संयोजनमा तयार गीत ए वान रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियोमा सागर लोप्चन, दिपसिखा अधिकारी लगायत अन्यले कम्मर मर्काएका छन् ।

भिडियोको छाँयाकन रामेश्वर हुँमागाईले गरेका छन् । गीतमा सिता राईको कोरियाग्राफी रहेको भिडियोमा सम्पादन नहकुल खड्को छ । तारा अधिकारीले यो भन्दा अघि आधुनिक गीतमा कलम चलाउँदै आएकी थिइन् । उनी चाँडै नै आधुनिक गीतको एल्बम बजारमा ल्याउने तयारीमा छिन् ।